समाज

रुपाकोट रेडियोको अपलिंक स्टुडियोमा आगलागी

रुपाकोट रेडियोको अपलिंक स्टुडियोमा आगलागी

रामधन राई, रुपाकोट रेडियो खोटाङ      September 7, 2017

खोटाङमा सञ्चालित रुपाकोट सामुदायिक रेडियोको दिक्तेल बजारस्थित अपलिङ्क स्टुडियोमा आगालागी भएको छ ।

पुरा समाचार
इजरायलको प्रविधि पहिलो पटक रामेछापमा परिक्षण

इजरायलको प्रविधि पहिलो पटक रामेछापमा परिक्षण

राजिव कार्की, रेडियो तिफदी रामेछाप      September 6, 2017

सोलारको माध्यमबाट पानी तानेर सिंचाई गरिने सुख्खाग्रस्त देश इजरायलको प्रविधि, पहिलो पटक परिक्षणको क्रममा नेपालको रामेछाप जिल्लामा शुरु गरिएको छ । खाँडादेवीमा निर्माणाधिन नेपालकै पहिलो सोलार लिफ्ट सिँचाई आयोजनाबाट विपन्न माझी बस्ती लाभान्वित हुनेछ ।

पुरा समाचार
किशोरीको हत्या गरिएको भन्दै कालिकोटमा प्रदर्शन

किशोरीको हत्या गरिएको भन्दै कालिकोटमा प्रदर्शन

भरतराज विष्ट, रेडियो नयाँ कर्णाली र नन्दकृष्ण अधिकारी, रेडियो चँखेली, कालिकोट      September 5, 2017

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ५ की एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै जिल्लामा नागरिक समाज विरोध प्रदर्शनमा उत्रिएको छ । सुर्खेतबाट कालिकोट घर आउन हिंडेका बेला अस्ति १८ गते दैलेखको आठविस नगरपालिका ८ का ३८ वर्षीय कृष्णवहादुर आले मगर, गाडी चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिका १ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यले बन्धक बनाएर बलात्कारपछि हत्या गरेको परिवारको भनाइ छ ।

पुरा समाचार
अपांगमैत्री ह्विल चियरको अनावरण

अपांगमैत्री ह्विल चियरको अनावरण

     September 4, 2017

अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौ र ईन्फिनिटि ल्याबको संयुक्त प्रयासमा नेपालमा नै पहिलो पटक उत्पादन भएको विद्यूतिय ह्विल चियरको आज औपचारिक रुपमा विमोचन भएको छ ।

पुरा समाचार

काठमाडौंमा ८८ किलो सुन बरामद

काठमाडौं ।      September 4, 2017

प्रहरीले काठमाडौंको क्षेत्रपाटी नजिकैबाट ८८ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज बिहान ठमेल नजिकै क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको हो ।

पुरा समाचार
प्रेममा परेर बालविवाह गर्नेहरु बढे

प्रेममा परेर बालविवाह गर्नेहरु बढे

केशव भुल      September 2, 2017

दक्षिण एसियामा बालबिवाह बढि हुने देशमा बंगलादेश र भारतपछि नेपाल तेस्रो स्थानमा पर्दछ । नेपालमा १८ बर्ष नपुग्दै ३७ प्रतिशतले बालबिवाह गर्ने गरेको देखीएको छ । बालविवाहका कारण विभिन्न क्षेत्रमा प्रभाव पर्ने गरेको छ । अझ बिशेषगरी बालबिवाहका कारण बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको भविश्य धरासयी बनाउदै गएको छ ।

पुरा समाचार
 रौतहटमा राहत वितरणमा लापर्वाही,  जिल्ला प्रशासन कार्यालय घेराउ

रौतहटमा राहत वितरणमा लापर्वाही, जिल्ला प्रशासन कार्यालय घेराउ

चंचल कुमार झा, रौतहट एफ एम, गौर रौतहट      August 27, 2017

रौतहटको दुर्गा भगवती गाउँपालिकाका स्थानिय बाढी पिडित स्थानिय प्रशासन प्रति आक्रोसित भएका छन् । आफनो गाँउमा वितरणको लागि आएको राहतमा अनिमियतता भएको भन्दै आक्रोसित स्थानिय बाढी पिडितहरुले आज आईतवार जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरि प्रदर्शन गरेका हुन् ।

पुरा समाचार
‘सफा ओखलढुंगा’ अभियान सुरु

‘सफा ओखलढुंगा’ अभियान सुरु

पूर्णप्रसाद न्यौपाने, भिजन एफएम, ओखलढुंगा      August 26, 2017

स्थानीयबासी र भाडामा बस्नेहरुले पनि आफ्नो घरबाट निस्किएको फोहोर व्यवस्थापन गर्न ध्यान दिनुपर्ने भन्दै प्रजिअ पन्तले जथाभावि फोहोर नगर्न आग्रह गर्नुभएको छ ।

पुरा समाचार
बालविवाह अन्त्यका लागि बंगलादेशमा मोबाइल कोर्ट अभियान (अडियोसहित)

बालविवाह अन्त्यका लागि बंगलादेशमा मोबाइल कोर्ट अभियान (अडियोसहित)

सोना खटिक, रेडियो कपिलवस्तु, दक्षिण बंगाल, बंगलादेश      August 25, 2017

प्रहरीले बालविवाह भइरहेको वा हुने प्रकृयाबारे जानकारी पाएपछि मोबाईल अदालत परिचालन ऐनमार्फत टोली घरमै पठाएर सजाय दिने र कैदसम्म गर्ने गरेको छ । बरगुना जिल्ला प्रहरी उपरिक्षक विजाय बोसक पि पि एमले भन्नुभयो, “जतिखेरमा फोन मार्फत जानकारी पाउँछु अनि तुरुन्तै कारवाही प्रकृयामा जान्छु । किनभने बालविवाह बन्द गर्ने मेरो ड्युटि हो ।”

पुरा समाचार

पत्रकार महासंघमा एक पदाधिकारीसहित ६ महिला विजयी

काठमाडौं ।      August 22, 2017

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट आएको कार्यसमितिमा ६ जना महिला निर्वाचित भएका छन् ।

पुरा समाचार