खोटाङमा सञ्चालित रुपाकोट सामुदायिक रेडियोको दिक्तेल बजारस्थित अपलिङ्क स्टुडियोमा आगालागी भएको छ ।
बैकल्पिक विद्युत आपुर्तिको लागि जडान गरिएको सोलारको ब्याट्री तथा इन्भर्टर राखिएको कोठामा अचानक आगो शुरु भएको र केही ब्याट्री लगायतको उपकरणमा क्षति पुगी अपलिङ्क कार्य बन्द भएको स्टेशन म्यानेजर सुर्य तामाङले बताउनुभयो ।
दिक्तेल बजारस्थित स्टुडियो गए रातिसम्म प्रयोग गरी बन्द गरेको अवस्थामा एक्कासी आगो लागेको थाहा पाएपछि स्थानीय नवराज जोशीले तत्कालै निभाउन सफल भएकाले ठुलो क्षतिबाट जोगिएको म्यानेजर तामाङको भनाई छ ।
स्टुडियोको चाबी जोशीको घरमा छाड्ने गरिएकाले थप क्षति हुन नपाएको उहाँले बताउनुभयो । राती अबेर कर्मचारीले बन्द गरेको स्टुडियो घरको कोठामा सोलारको पावर सर्ट भएर आगालागी भएको आशंका गरिएको छ । समयमै थाहा पाएर आगो निभाउन सफल भएकाले ठूलो क्षति भने नभएको जोशीको भनाइ छ । केही क्षति भए पनि रेडियो भने मुख्य स्टुडियोबाट नियमति प्रशारण हुने जनाईएको छ ।
२०६४ सालदेखि सञ्चालित रेडियो केही बर्षदेखि आंशिक रुपमा दिक्तेलबजारबाट अपलिङ्क गरी प्रशारण हुँदै आएकोमा आगालगी भएको समयमा भने मुख्य स्टेशन मुढे डाडाँबाटै प्रशारण भईरहेको थियो ।
तत्कालै नष्ट भएको सामाग्री मर्मत तथा खरिद गरी चाँडै नै सम्पुर्ण प्राबिधिक तयारी पुरा गरेर दिक्तेलबजार र मुढेडाँडास्थित स्टेशनबीच पुर्ण रुपमा अपलिङ्क गराउने रेडियोले जनाएको छ ।
५ सय वाट क्षमताको रुपाकोट रेडियोको मुख्य स्टेशनमा चट्याङले समेत पटक–पटक क्षति पु¥याउँदै आएको छ ।
४ हजारभन्दा बढी शेयर सदस्य रहेको यो रेडियो दक्षिण एसियाकै सबैभन्दा बढी शेयर सदस्य रहेको रेडियो भएको स्टेशन मेनेजर तामाङको भनाइ छ ।
तपाईंको बिचार