१० वर्षपछि बझाङको देवल विमानस्थल सञ्चालन हुँदै

कालोपत्रे सुरु भएसँगै स्थानीबासीमा उत्साह, १८ महिनाभित्र काम सकिने

प्रकाशित मिति: 2019-02-07
टेकेन्द्र बोहरा, जनमुखी एफएम, बझाङ
बझाङको विमानस्थल कालोपत्रेका लागि खनिदै । तस्बिरःटेकेन्द बोहरा
बझाङको विमानस्थल कालोपत्रेका लागि खनिदै । तस्बिरःटेकेन्द बोहरा

बझाङ । १० वर्षदेखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थल कालोपत्रे गर्न सुरु भएको  छ ।

 

बझाङका नागरिक अभिन्यता, सांसद र स्थानीयको पटक पटकको दवावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि ठेक्का दिएपछि कालोपत्रेको काम सुरु भएको हो ।

 

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालसम्म सञ्चालनमा थियो ।

 

पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम चेनपुरसम्म बस सञ्चालन भएपपछि देवल विमानस्थल अलपत्र परेको थियो ।

 

विमानस्थल कालोपत्रे हुन लागेपछि देवलका स्थानीय बासिन्दा खुसी भएको देवलका स्थानीबासी प्रबिन धामीले बताउनुभभयो । अमर कन्स्ट्रक्सनले देवल विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ ।

 

करिब पाँच करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता भएको थियोे । विमानस्थलसम्म गाडी चल्ने सडक निर्माण कार्य पनी सम्पनन भइरहेको र कालोपत्रेको काम सुरु भएको निर्माण कम्पनीका प्रमुख देवी न्यौपानेले जानकारी दिनुभयो । 

 

तपाईंको बिचार