पत्रकार महासंघमा एक पदाधिकारीसहित ६ महिला विजयी,
आरक्षण कोटाबाट मात्रै महिला
काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट आएको कार्यसमितिमा ६ जना महिला निर्वाचित भएका छन् ।
आरक्षणको महिला सचिव पदमा पे्रस युनियन र पे्रस सेन्टरको गठबन्धनबाट लक्ष्मी पुन निर्वाचित हुनुभयो भने अरुले केन्द्रीय सदस्य पदमा जितेका हुन् ।
केन्द्रीय सदस्यतर्फ महिला कोटमा गठबन्धनकै सिर्जना अर्याल र जानुका बराल तथा पे्रस चौतारी तर्फबाट स्वेता सिन्हाले विजयी हासिल गर्नुभएको छ । यस्तै चौतारीकै दलित केन्द्रीय सदस्यतर्फ मधु शाहीले पनि जित हासिल गर्नुभयो ।
३ सदस्यीय लेखा समितिमा पनि महिला कोटामा मीरा राजभण्डारीले विजयी हासिल गर्नुभएको छ ।
यसअघिको कार्यसमितिमा समावेशी उपाध्यक्षमा महिलाले जित हासिल गरेकाले उपाध्यक्ष पदमा महिला भए पनि यो कार्यसमितिमा आरक्षण कोटाबाट मात्र महिला निर्वाचित भए ।
तपाईंको बिचार