प्रेममा परेर बालविवाह गर्नेहरु बढे

जनचेतना बढाउनुपर्ने आवश्यकता

प्रकाशित मिति: 2017-09-02
केशव भुल

मकवानपुरका मनिषा लामाले १७ बर्षकै उमेरमा बिहे गर्नुभयो । बिद्यालयमा पढ्दै गर्दा उहाँ प्रेममा पर्नुभएको थियो । एस एल सी सकिएलगत्तै विवाह गर्नुभएका उहाँको अहिले एउटा छोरा पनि छ । 

विहे गरेपछि उहाँको त पढाई रोकियो नै उहाँको श्रीमानको पनि पढाई रोकिएको छ । विहेगरेपछि घर धान्नुपर्ने, छोरा, छोरी पाल्नुपर्ने जिम्मेवारी आँउदो रैछ, पढ्न पाईदैन रैछ, उहाँले भन्नुभयो । छिटै विहे गरेकोमा उहाँलाई हिजो आज चाही पछुतो लाग्छ । 

मोरङका २० वर्षिय चन्दन ऋषिदेवले पनि ८ कक्षामा पढ्दै गर्दा विवाह गर्नुभयो ।  उहाँले १६ वर्षको उमेरमा बिहे गर्नुभएको हो । अहिले उहाँका दुईवटा बच्चा छन् । बच्चा जन्मिएपछि अहिले उहाँको पढाई रोकीएको छ । पढ्ने लेख्ने उमेर उहाँको आजभोली दैनिकी जीवन कसरी चलाउने भन्न चिन्तामा नै बित्ने गरेको छ ।  

बिरगञ्जकी पुजा कुमारीको पनि ८ कक्षामा पढ्दै गर्दा घरपरिवारको दवावले विहे भयो । विहे गर्दा उहाँ १५ बषकी हुनुहुन्थ्यो । बिहेलगत्तै बञ्चा जन्मिएपछि उहाँको पढाई ८ कक्षामै रोकीयो । सानैमा विहे गरेपनि उहाँको वैवाहिक सम्बन्ध राम्रो भएन । अहिले उहाँ श्रीमानसंग छुट्टिनुभएको छ ।  श्रीमानसंग टाढीएर भएपनि २ बर्षको छोरा साथमै बोकेर पढाईलाई निरन्तरता दिइरहनुभएको छ ।

बालविवाह बिरुद्ध यसअघि नेपालको फौजदारी कानून मुलुकी ऐन, २०२१ को आधारमा चलेकाले केही फितलो पनि थियो । तर केही दिन अघिमात्र ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । यसले बालविवाह नियन्त्रणमा पहल गर्ने कानून तथा संघिय मामिला मन्त्री यज्ञबहादुर थापाको भनाई छ ।  

महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला भने बालबिवाह रोकथामका लागी व्यवहारिक रुपमा बढी जोड दिनुपर्ने बताउनुहुन्छ ।  बालबिवाहका कारण तराई तथा सुदूरपश्चिम क्षेत्रमा बढी प्रभाव परेकाले रोकथापका लागी बिशेष अभियान सञ्चालन गनुपर्ने देखिएको बताउनुहुन्छ शिक्षाविद् डाक्टर मनप्रसाद वाग्लेले बताउनुहुन्छ । 

अहिले भने बिद्यालयमा पढ्दै गर्दा प्रेममा परेर बालविवाह बढि हुने गरेका घटनाहरु बढी भेटिन्छन् । त्यसैले बाल बिवाह गरेर पछुताउनु भन्दा अविभावक र स्वयम बालबालिकाले बेलैमा सचेत हुनु पर्दछ । 

तपाईंको बिचार