रौतहटको दुर्गा भगवती गाउँपालिकाका स्थानिय बाढी पिडित स्थानिय प्रशासन प्रति आक्रोसित भएका छन् । आफनो गाँउमा वितरणको लागि आएको राहतमा अनिमियतता भएको भन्दै आक्रोसित स्थानिय बाढी पिडितहरुले आज आईतवार जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरि प्रदर्शन गरेका हुन् ।
बाढी आएको दुई हप्ता बितिसक्दा पनि वास्तविक पीडितहरुले अझै राहत पाउन नसकेको पिडितहरुले बताएका छन् । लालबकैया र बागमती खोलाबाट आएको विनाशकारी बाढीबाट घर क्षतिग्रस्त भएका पीडितहरु राहतबाट बंचित भएका छन् ।
रेडक्रसबाट गाउँमा बाढीपीडितहरुको नाममा गएकोे राहत वास्तविक पिडितले पाउन सकेका छैनन् । सरकारी स्तरबाट आएको राहत पनि आफ्नो तरिकाले आफ्ना मान्छेलाई मुख हेरी, हेरी वितरण गरेको भन्दै पिडितहरु आक्रोसित भएका हुन् ।
जिल्ला दैबी प्रकोप उद्धार समिति रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव थापाको निष्क्रियताका कारण पिडितहरुले राहत पाउन नसकेको स्थानीयले बताएका छन् । भलोहियाका विकास महतोले रौतहटमा राहत वितरणमा धेरै अनियमियतता भएको भन्दै आफ्नो आवाज राज्य संग पुर्याउन जिल्ला प्रशासन घेराउ गरिएको बताउनुभयो ।
तपाईंको बिचार