समाज

वर्षा र बाढी : मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौं ।      August 13, 2017

अविरल वर्षाका कारण मुलुकभर पहिरो, बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । २० घाइते भएका छन् भने ३७ जना वेपत्ता भएका छन् ।

पुरा समाचार
बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति अकोराबद्वारा दुःख व्यक्त

बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति अकोराबद्वारा दुःख व्यक्त

     August 13, 2017

विगत केही दिन यता लगातारको वर्षाले तराई मधेसका अधिकांश जिल्ला भएको जनधनको क्षतिप्रति सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले दुःख व्यक्त गरेको छ । सबै रेडियोहरुलाई आफू सुरक्षित रहँदै उद्धार तथा राहतको कार्यमा सघाउँदै यस संकटको घडीमा अपनाउनुपर्ने सावधानी र जीवन उपयोगी रेडियो सामग्रीहरु प्रसारण गर्न पनि अनुरोध गर्नुभएको छ ।

पुरा समाचार

रौतहटमा गर्भवतीलाई अस्पताल लैजाँदै गरेको गाडी बगायो

ओम प्रकाश यादव, मधेश जनअवाज एफएम, रौतहट      August 13, 2017

रौतहटमा आज गर्भवती बोकेको गाडी बाढीमा डुब्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जिल्लाको परोहा गाउँपालिका वडा नं ३ लौकाहाका रामसेवक प्रसाद यादवका बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा आज विहान राजपुर फरहदवा चोकमा बाढीले गाडी डुबाएको थियो ।

पुरा समाचार
अविरल वर्षाले घर भत्किंदा बर्दियामा एकजनाको मृत्यु

अविरल वर्षाले घर भत्किंदा बर्दियामा एकजनाको मृत्यु

पुष्पा चौधरी, गुर्वावा एफएम बर्दिया      August 13, 2017

शुक्रबार रातीदेखि आएको अबिरल बर्षाले बर्दियामा एक जनाको एकजना मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा ठाकुर वावा नगरपालिका सतघरुवाकी ७ बर्षिया साउने थारुको घर भत्किंदा मृत्यु भएको हो भने बारबर्दिया नगपालिका १० का अन्दाजी २९ बर्षिया राजेन्द्र थारु बेपता भएका छन् । बबई चेपाङका ३ जना घाईते भएका छन् ।

पुरा समाचार
जलेश्वर जलमग्न, नगरपालिका र कारागार पनि डुुबानमा

जलेश्वर जलमग्न, नगरपालिका र कारागार पनि डुुबानमा

     August 13, 2017

जिल्ला खानेपानी, जिल्ला अस्पताल जलेश्वर, जलेश्वर कारागार, जलेश्वर नगरपालिकाको कार्यालय समेत डुबानमा परेको छ । महोत्तरीमा झन्डै ५० घर डुबानले पूर्ण रुपमा प्रभावित भएको प्रहरीले जनाएको छ ।

पुरा समाचार
जंगाह पुलमा बाढीले बाटो भत्काएपछि पुुर्वपश्चिम राजमार्ग अवरुद्ध

जंगाह पुलमा बाढीले बाटो भत्काएपछि पुुर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं ।      August 13, 2017

महोत्तरीकै रातु पुल हिजो साँझ भासिएको थियो । रातु खोलामा आएको बाढीले पुलको एउटा पिलर भासिएपछि रोकिएको आवागमन अहिलेभने सुचारु भएको छ । यात्रुुबहाक बस र सानो गाडीलाई जान दिइएपनि मालवहाक ठूला सवारीलाई भने रातुुको पुल हुुँदै चल्न नदिइएको प्रहरीको भनाइ छ ।

पुरा समाचार
राप्ती नदीले खतराको चिन्ह पार ग¥यो

राप्ती नदीले खतराको चिन्ह पार ग¥यो

लक्ष्मी पौडेल, विजय एफएम,गैँडाकोट,नवलपरासी      August 13, 2017

दाउन्ने पूर्व र पश्चिम २५ किलोमिटर क्षेत्रमा सवारीको लामो लाम लागेको छ । लगातार पानी परेका कारण पहिरो पन्छाउन र सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । फसेका यात्रुलाई खाना र पानीको समस्या भएको छ ।

पुरा समाचार
उद्धार र राहतमा सहयोग पु¥याउन गृह मन्त्रालयको आह्वान

उद्धार र राहतमा सहयोग पु¥याउन गृह मन्त्रालयको आह्वान

काठमाडौं ।      August 13, 2017

मन्त्रालयका अनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्ति परिचालन गरिएको छ ।

पुरा समाचार

पहिरोमा पुरिएर एकै घरका ४ जनाको मृत्यु

रेडियो सिन्धुलीगढी, सिन्धुली      August 12, 2017

घर माथीबाट आएको पहिरोले पुरिएर उदयबहादुरका ३७ बर्षिया श्रीमति दुर्गाकुमारी खड्का, छोरी १५ वर्षीया शोभा खड्का, छोराहरु १० वर्षीय अनिष खड्का र ८ वर्षीय मनिष खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा समाचार