पूर्वको एकमात्रै महानगर बिराटनगर पनि निरन्तरको बर्षाका कारण जलमग्न बनेको छ । बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीका अनुसार १९ वटै वडा डुबेका छन् । विस्थापितहरुलाई विद्यालयहरुमा राखिएको र सुख्खा खानेकुरा वितरण गरिएको उहाँले बताउनुभयो । उद्धारका लागि निरन्तर प्रयास भइरहेको पराजुलीले बताउनुभयो ।
पुरा समाचारवर्षाको पानीले घर भत्किएर किच्दा धनकौल गाउँपालिका–१ मानपुरका ७५ वर्षीय वृद्ध किशोरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ । खरले छाएको कच्ची घर भत्किएर किच्दा भित्र सुतिरहेका रायको घटना स्थलमै मृत्यु भएको हो ।
पुरा समाचारसुनसरीमा बाढीले ६ जनाको मृत्यु भएको छ । बाढीबाट विशेष गरी सुनसरी, बाँके, नवलपरासी, चितवन, सिन्धुली, पाँचथर, झापालगायतका जिल्लामा जनजीवन बढी प्रभावित भएको छ ।
पुरा समाचारबंगलादेश सरकार कामकाजी महिलालाई पुर्ण स्तनपान गराउनकै लागि ६ महिना तलबसहित बिदा दिन्छ । त्यसपछि काममा जाँदा पनि सहज होस् भनेर कार्यालय, स्कूल, प्रहरी चौकी हरेक ठाउँमा स्तनपान कक्ष बनाइएको छ । बच्चालाई रेखदेख गर्ने व्यवस्था पनि भएकाले हरेक महिला बच्चा बोकेरै कार्यलय जान सक्छन् ।
पुरा समाचार‘नेपाली जुटौं, बालविवाह रोकौं’ भन्ने नारासहित बालविवाह विरुद्धको राष्ट्रिय अभियान आजबाट सुरु हुँदैछ । राष्ट्रिय अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहका बीच उद्घाटन गर्नुहुनेछ ।
पुरा समाचारएउटै खोला हो सेउती । जहाँ करिब ८ किलोमिटरको दुरीभित्र एउटा पुल बनिसक्यो भने २ वटा बन्दैछ । विडम्बना, त्यही धरान उपमहानगरपालिकामा गाभिएको अर्को साविक गाविस विष्णुपादुका पुग्ने मुख्य बाटोमा भने अहिलेसम्म पुल बन्न सकेको छैन ।
पुरा समाचारभाई बहिनीको प्रेमको प्रतिक मानिने पर्व रक्षा बन्धन पर्व आज मिथिलाञ्चलसहित तराईका २० जिल्लामा मनाईदैछ । रक्षा बन्धन मनाउने तराइका २० जिल्लामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
पुरा समाचारमेलामा अछाम, दैलेख, सुर्खेत, कालीकोट, कैलाली, बांके, बर्दिया, जुम्ला लगायतका ठाउँबाट भक्तजनहरु आउने गर्छन् । मेलामा आउनेहरुका लागि खानेपानी तथा टेन्ट लगायतका सामानको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक तथा पञ्चदेवल विनायक नगरपालिका २ का नव निर्वाचित वडा अध्यक्ष पदम धामीले जानकारी दिनुभयो ।
पुरा समाचारसंघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले मानविय संवेदना बोकेको र लामो समयदेखि समाजमा रहंदै आएको व्यवस्थालाई दण्डित गर्नको निम्ती, त्यसको अन्त्य गर्नको निम्ती विभेद गर्ने कुनैपनि व्यक्तिलाई दण्डित गर्नुपर्छ भन्ने हिसाबले विधेयकको ड्राफ्ट गरिएको बताउनुभयो ।
पुरा समाचारनुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गएरातीको बाढीले बगाएकोे छ । फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोटपटिको भाग बगाएको हो । बिदुर नगर पालिका वडा नम्वर १० को पुलको एकापटि बगाएपछि खोला वस्तीमा पस्ने खतरा बढेको स्थानीय शशीकुमार डंगोलले बताउनुभयो ।
पुरा समाचार