पूर्वी नेपाल जलमग्न : तराईमा डुबान, पहाडमा पहिरो (अडियोसहित)

पानी नरोकिएका कारण उद्धारमा समस्या

प्रकाशित मिति: 2017-08-12
ज्ञानेन्द्र निरौला,रेडियो सरगम,झापा

निरन्तरको बर्षाका कारण झापा सहित पुर्वी नेपाल जलमग्न भएको छ । पूर्वका अधिकांश क्षेत्र डुबानमा परेका छन् भने केहीको मृत्यु समेत भएको छ । डुबान र कटानका कारण पुर्वका तराईका जिल्ला बाढीको उच्च जोखिममा परेका छन् । पहाडी जिल्लामा पहिरोको खतरा बढेको छ । हजारौं परिवार विस्थापित भएका छन् । 

केही दिनदेखिको निरन्तरको वर्षाका कारण झापा लगायत पुर्वी नेपालका अधिकांश जिल्ला डुबान, कटान र पहिरोको जोखिममा परेका हुन् । बाढी कै कारण पुर्वको झापामा २ जनाको मृत्यु भईसकेको छ भने ६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा झापा शिवसतासी नगरपालिका वडा नं. १ का २८ बर्षिय लेखनाथ पाण्डे र झापा गाउँपालिका वडा नं. २ का कमला घोर्षानी रहेका नेपाल रेडक्रस सोसाईटी झापाले जानकारी दिएको छ । 

त्यस्तै, बेपत्ता हुनेमा ५ जना झापा गाउँपालिका र  एक जना कचनकवल गाउँपालिकाका रहेका छन् । बेपत्ता हुने कसैको पनि अहिलेसम्म परिचय खुल्न नसकेको जनाइएको छ । जिल्ला दैवि प्रकोप उद्धार समितिका सदस्य सचिव तथा झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले जताततै पानी नै पानी भएकाले विस्थापितलाई राख्ने ठाउँ समेत नभएको बताउनुभयो । 

तराईका जिल्लामा डुबान र कटानको समस्या भईरहेका बेला पहाडी जिल्लामा भने पहिरोको जोखिम बढेको छ । पहिरोका कारण पाँचथरमा ४ जनाको मृत्यु भईसकेको छ । पाँचथरका पत्रकार लक्ष्मी गौतमका अनुसार सदरमुुकामसँग सडक सञ्जाल जोड्ने विभिन्न स्थानमा पहिरो गएका कारण सदरमुकाम र गाउँपालिकाहरु सम्पर्क विच्छेद छन् । 

पूर्वको एकमात्रै महानगर बिराटनगर पनि निरन्तरको बर्षाका कारण जलमग्न बनेको छ । बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीका अनुसार १९ वटै वडा डुबेका छन् । विस्थापितहरुलाई विद्यालयहरुमा राखिएको र सुख्खा खानेकुरा वितरण गरिएको उहाँले बताउनुभयो । उद्धारका लागि निरन्तर प्रयास भइरहेको पराजुलीले बताउनुभयो । 

पुर्वका सबै नदीको जलस्तर यतिबेला खतराको चिन्हमा पुगेका छन् । नदिको कटान कै कारण पुर्व पश्चिम राजमार्ग अन्तरगत मोरङ्गको गछिया पुल जोखिममा परेपछि आज बिहानैदेखी प्रहरीले एक तर्फमात्र सवारी साधन सञ्चालन गराईरहेको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR__Gyanendra_Niraula_1.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR__Gyanendra_Niraula_1.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार