बाढीले पूर्वी नेपाल जलमग्न, सुनसरीमा ६ को मृत्यु

पूर्वमा सञ्चार सम्पर्क विच्छेद, प्रहरीलाई पनि अप्ठ्यारो

प्रकाशित मिति: 2017-08-12

सुनसरीमा बाढीले ६ जनाको मृत्यु भएको छ । स्थानीय टेङ्ग्रा खोला र बुढी खोलालगायतमा बाढी आउँदा ६ जनाको मृत्यु एको हो । इलाका प्रहरी कार्यालयका अनुसार इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेसर ८ वर्षकी छोरी रुपसनी राईको मृत्यु भएको हो । 

घरमै पसेको पानीका कारण इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा पनि अर्का एकजनाको मृत्यु भएकोे प्रहरीले जनाएको छ । 
झापाको धरमपुरबाट पनि एकजनाको शव भेटिएको र केही बेपत्ता भएको खबर आए पनि पुष्टि गर्न समस्या भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बाढीले नेपाल पुर्वी क्षेत्रमा संचार सम्पर्कसमेत नभएका कारण थप विवरणहरु लिन अप्ठ्यारो भइरहेको प्रहरी प्रवक्ता पुष्कर कार्कीले सीआईएनलाई जानकारी दिनुभयो । तर सबै टेलिफोन सेवा र प्रहरीको संचार सम्पर्क समेत विच्छेद भएपछि घटना विवरण अपडेट हुन कठिन भएको प्रवक्ता कार्कीको भनाइ छ । 

बाढीबाट विशेष गरी सुनसरी, बाँके, नवलपरासी, चितवन, सिन्धुली, पाँचथर, झापालगायतका जिल्लामा जनजीवन बढी प्रभावित भएको छ ।

धेरै ठाउँमा हेलिकप्टरबाट उद्धार गर्न पनि कठिन भइरहेको तर स्थानीय स्रोत साधन परिचालन गरेर उद्धारको काममा कुनै कसूर बाँकी नराखेको प्रहरीको भनाइ छ ।

 

तपाईंको बिचार