शुक्रबार रातीदेखि आएको अबिरल बर्षाले बर्दियामा एक जनाको एकजना मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् भने ३ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ठाकुर वावा नगरपालिका सतघरुवाकी ७ बर्षिया साउने थारुको घर भत्किंदा मृत्यु भएको हो भने बारबर्दिया नगपालिका १० का अन्दाजी २९ बर्षिया राजेन्द्र थारु बेपता भएका छन् । बबई चेपाङका ३ जना घाईते भएका छन् ।
घाईते मध्ये वर्ष ६० की नरकली बिक गम्भिर घाईते भएकी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र सुचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
बर्दियाको बाँसगढी, बारबर्दिया, ठाकुरबाबा गुलरिया राजापुर नगरपालीका र गेरुवा गाउपालिकाको धेरै गाउँ डुबानमा परेका छन् ।
बाँसगढी नगरपालीका वडा नम्बर ३ को मान नदीको किनारमा पर्ने खल्लागाँउमा मानबाट आएको बाढी पस्दा गाउँ पुर्णरुपमा डुवानमा परेको छ । बाढीले गाउँ नै डुबानमा पर्दा ५७ घर घुरी बिस्थापित भएका छन् ।
जिल्ला दैबिक प्रकोप उद्धार समितिको आकस्मिक बैठक पनि बसेको छ । बैठकले सबै स्थानिय तह, सरोकार निकाय, संघसंस्थाहरुलाई जिल्ला आपतकालित सञ्चालन केन्द्रसँग समन्वय गरी सक्ने सहयोग गर्न अपिल समेत गरेको छ ।
बैठकले पानीको सतह अझै बढन सक्ने भएकाले सबैलाई सतर्क रहन र जिल्ला दैबिक प्रकोप उद्धार समितिका सबै सदस्यहरुलाई पुर्व आफ्नो योजना अनुसार तयारका सतर्क रहन निर्देशन दिएको छ ।
त्यस्तै डुवानमा परेको बाँसगढी नगरपालिका ३ खल्लागाउँका बाढी पिडितहरुलाई बाँसगढी उद्योग वाणिज्य संघले राहत बितरण गरेको छ ।
तपाईंको बिचार