अविरल वर्षाका कारण मुलुकभर पहिरो, बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । २० घाइते भएका छन् भने ३७ जना वेपत्ता भएका छन् । गृहमन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालले राहत र उद्धारको काम तीब्र गतिमा भइरहेको सीआईएनलाई जानकारी दिनुभयो ।
गृहमन्त्रालयका अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । एक हजार घरमा क्षति पुगेको छ भने ३४ अन्य भौतिक संरचना नष्ट भएका छन् । हजारौं परिवार विस्थापित भएका छन् । सुनसरीमा ८, रौतहटमा ६, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४ जना तथा झापा, सुर्खेत र बाँकेमा ३/३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले मनसुन अवधिभरआफू मातहतका कर्मचारीहरुलाई बिदा नबस्न निर्देशन दिएको छ । बाढी पहिरोको विपत्ती आइपरेको बेला बिदा नबसी काममा सकृयतापूर्वक लाग्न गृहले निर्देशन दिएको हो ।
यसैबीच, बाढी र डुवानका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि विशेष प्याकेज घोषणा गर्ने बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ ।
साँझ ६ बजेदेखि जारी बैठकमा पीडितहरु समक्ष राहत प्रभावकारी रुपमा पु¥याउने र राहत संकलनका लागि नीजि क्षेत्रसँग समन्वय गर्ने बारेमा पनि छलफल भइरहेको वाणिज्यमन्त्री मीन विश्वकर्माले सीआईएनलाई जानकारी दिनुभयो ।
तपाईंको बिचार