जंगाह पुलमा बाढीले बाटो भत्काएपछि पुुर्वपश्चिम राजमार्ग अवरुद्ध

रातुुमा मालवहाक बाहेकका गाडी चल्न थाले

प्रकाशित मिति: 2017-08-13
काठमाडौं ।

महोत्तरी र धनुुषा जोड्ने रातु पुल भासिएको ६ घण्टा नबित्दै पूर्व पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको माइस्थानमा रहेको जंगाह खोलामा बाढीले बाटो भत्काएको छ । जंगाह खोलाको पुुलको मुखमा बाढीले काटेर बाटो भत्किएपछि रातिदेखि नै पूर्व—पश्चिम राजमार्गमा यातायता अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

पुलको पश्चिमतिरको पुल सपोट राति बाढीले बगाएको हो । जंगाह खोलाको पिलरको सपोट भत्किएको ठाउँमा एउटा मालवाहक ट्रक फसेको छ । ना ५ ख ६५१३ नम्बरको ट्रक पुलको सपोट भत्किएको ठाउँमा पल्टिएको त्यहाँबाट पत्रकार राजकरण महतोले जानकारी दिनुुभयो । यातायात अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् । 

महोत्तरीकै रातु पुल हिजो साँझ भासिएको थियो । रातु खोलामा आएको बाढीले पुलको एउटा पिलर भासिएपछि रोकिएको आवागमन अहिलेभने सुचारु भएको छ । यात्रुुबहाक बस र सानो गाडीलाई जान दिइएपनि मालवहाक ठूला सवारीलाई भने रातुुको पुल हुुँदै चल्न नदिइएको प्रहरीको भनाइ छ । 

तीन वर्ष पहिले पनि रातुको पुल भासिएको थियो । पहिले भासिएको भन्दा पूर्वतिरको पिलर भासिएको ट्राफिक प्रहरी बर्दिबासले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीको भनाइ छ ।

 बाढीको पानीले महोत्तरीको अधिकांश सडक अवरुद्ध बनेको छ । यातायात बन्द छ । दैनिक उपभोग्यो सामान किन्न स्थानीयलाई समस्या भएको छ । 

तपाईंको बिचार