सरकारले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पु¥याउन आह्वान गरेको छ । एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्ति परिचालन गरिएको छ ।
बाढी तथा पहिरो प्रभावित जिल्लामा नेपाल प्रहरीका पाँच हजार ६००, सशस्त्र प्रहरीका एक हजार सात सय र नेपाली सेनाका आठ हजार तीनसय तालिम प्राप्त सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका जनाइएको छ ।
मौसमका कारण उडान नहुँदा समस्या भएको मनत्रालयले जनाएको छ । उद्धार गरिएकालाई विद्यालयल, गाविस भवन लगायतका ठाउँमा आश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ ।
तपाईंको बिचार