अविरल वर्षापछि हुन सक्ने खतराबाट जोखिनका लागी सबैलाइ सजग रहन कपुरकोट गाउँपालिकाले आग्रह गरेको छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वर्षापछि पहाडी क्षेत्रमा पहिरोको जोखिम हुने भएकाले सचेत बन्न गाउँपालिकावासिलाइ आग्रह गरेका हुन् । कपुरकोट बजार क्षेत्रको भासिएको स्थानका वासिन्दालाइ पनि सेनले त्यस स्थानमा नबस्न भनेका छन् ।
भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै गाउँपालिका प्रमुख सेनले कुनै आपत परे आफुलाई फोन सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
आपत परेमा सम्पर्कका लागि ९८४७८३६४०२ र ९८०९५०५९३४ को नम्बर सेनले दिनुभएको छ ।
तपाईंको बिचार