बाढी पहिरोमा परेका नागरिकलाई उद्धार र सहयोग गर्नुपर्ने प्रहरी प्रशासन आफैं डुुबानमा परेका छन् । महोत्तरीमा प्रहरी कार्यालय तथा क्वाटरहरु डुबानमा परेको छ । जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदाल लगायतका कार्यालय डुबानमा परेको हो ।
महोत्तरीको १० वटा प्रहरी युनिट डुबानमा परेको तथा कार्यालयहरुमा ४ फिटसम्म पानी जमेको महोत्तरीका एसपी कुवेर कडायतले जानकारी दिनुुभयो । यतिबेला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । जलेश्वरका पत्रकार राकेश प्रसाद चौधरीका अनुुसार जलेश्वरमा एउटा चोकबाट अर्को चोक पुुग्न निकै अप्ठ्यारो भएको छ । राजमार्गसम्म पुुग्न सक्ने अवस्था भने छैन ।
जिल्ला खानेपानी, जिल्ला अस्पताल जलेश्वर, जलेश्वर कारागार, जलेश्वर नगरपालिकाको कार्यालय समेत डुबानमा परेको छ । महोत्तरीमा झन्डै ५० घर डुबानले पूर्ण रुपमा प्रभावित भएको प्रहरीले जनाएको छ ।
रातु खोलाको बाढीले बर्दिबास नगरपालिका—६ किसानगरमा ३ सय मिटर बाँध भत्काएको स्थानीयले बताएका छन् । बाली लगाएको जग्गा खोलाले कटान गर्न थालेको स्थानीयले गुुनासो गरेका छन् ।
प्रहरीका अनुसार महोत्तरीमा अहिलेसम्म मानवीय क्षति भने भएको छैन । महोत्तरीमा गएरातिदेखि नै विद्युत सेवा अवरुद्ध हुँदा संचारमा समस्या भएको छ । बाढीको भेलले महोत्तरीका अधिकांश सडक अवरुद्ध छन् ।
प्रहरीको एक युनिटबाट अर्को युनिटसम्मको यातायात सम्पर्क पनि टुटेको बताइएको छ । सडक समस्याका कारण प्रहरीहरु गाउँ गाउँसम्म पुुग्न सकेका छैनन् ।
Severity: Warning
Message: finfo::file(news/20770026_10211340259360065_636613640698815115_n.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/20770026_10211340259360065_636613640698815115_n.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार