ओखलढुंगामा “सफा ओखलढुंगा” अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि भन्दै सरसफाई विशेष अभियान सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुक्रबार जिल्ला प्रशासन कार्यालय वरपर सरसफाई गरेर अभियान सुरु गर्दै सबै जिल्लाबासीलाई सरसफाईमा जुट्न आग्रह गर्नुभयो । सरकारी कार्यालयहरुलाई हरेक शुक्रबार अभियानात्मक रुपमा कम्तीमा १५ मिनेट समय दिएर आफू वरपरको वातावरण सरसफाई गर्न प्रजिअ पन्तले निर्देशन दिनुभएको छ ।
‘सबैले आफू बस्ने ठाँउ आफैं सफा गरे सफा र स्वच्छ समाज आफैं बन्छ’ प्रजिअ पन्तले भन्नुभयो, नियमीत सरसफाई त हुन्छ नै त्यसको अलवा अभियानका रुपमा गरिने सरसफाईले सकारात्मक सन्देश प्रवाह हुन्छ र सभ्य समाज निर्माणमा टेवा पुग्छ ।’
स्थानीयबासी र भाडामा बस्नेहरुले पनि आफ्नो घरबाट निस्किएको फोहोर व्यवस्थापन गर्न ध्यान दिनुपर्ने भन्दै प्रजिअ पन्तले जथाभावि फोहोर नगर्न आग्रह गर्नुभएको छ । फोहोरको उचित व्यवस्थापन गर्न र सफा नगर बनाउने कार्यमा जुट्न प्रजिअ पन्तले सिद्धिचरण नगरपालिका र स्थानीय तथा व्यवसायीहरुलाई निर्देशन दिईसक्नु भएको छ ।
यस अघिपनि सफा र स्वच्छ सिद्धिचरण नगर बनाउन सरसफाई विशेष अभियान सञ्चालन गरिएको भएपनि त्यसले निरञ्तरता नपाउँदा बजारक्षेत्र अहिले पनि दुर्गन्धित छ । व्यवसायी र स्थानीयबासीको सरसफाई सम्बन्धि आनिबानीमा सुधार नभएकाले प्रशासनले यसअघि सुरु गरेको अभियानले पूर्णता पाउन सकेको थिएन ।
सिद्धिचरण नगरपालिकाले जथाभावि निर्माण सामाग्री राख्ने,पार्कीङ गर्ने र फोहोर थुपार्र्नेलाई कारबाही गर्ने चेतावनी दिएको भएपनि त्यो कार्यन्वयनमा आउन भने सकेको छैन ।
Severity: Warning
Message: finfo::file(news/21034169_1970401389911669_5645720359072544162_n.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/21034169_1970401389911669_5645720359072544162_n.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार