कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ५ की एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै जिल्लामा नागरिक समाज विरोध प्रदर्शनमा उत्रिएको छ ।
सुर्खेतबाट कालिकोट घर आउन हिंडेका बेला अस्ति १८ गते दैलेखको आठविस नगरपालिका ८ का ३८ वर्षीय कृष्णवहादुर आले मगर, गाडी चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिका १ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यले बन्धक बनाएर बलात्कारपछि हत्या गरेको परिवारको भनाइ छ ।
शवको प्रकृति हेर्दा सामुहिक बलात्कार भएको देखिएको भन्दै दोषीलाई कारबाहीको माग राखी जिल्लाका नागरिक समाज, पत्रकार अधिकारकर्मीहरु विरोधमा उत्रिएका हुन् ।
घटनामा दैलेखको खिड्की ज्युलामा भएको हो ।
सुर्खेतमा सव–ओभरसियर पढ्दै गरेकी किशोरी घर जानका लागि हिंडेको र दैलेखको खिडकी ज्यूलाबाट गाडी नजाने गरी बाटो बिग्रिएकाले ट्रकमा जान लाग्दा ३ दिनसम्म बन्धक बनाइ राखेको उनीहरुको दाबी छ ।
घटनाको अभियोगमा मगर र आचार्यलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
पोष्र्टमार्टम रिपोर्टले किशोरीको बलात्कारपछि विष खुवाइ हत्या गरेको देखिएको दैलेख प्रहरीको भनाइ उधृत गर्दै रेडियो चँखेलीका नन्दकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
कालिकोटबाट दैलेख पुगेका आफन्तले शव हिजै जिम्मा लिएर जलाइसकेका छन् ।पोष्टमार्टम रिपोर्टबाट बलात्कार गरेको र विष सेवन गरेको अवस्था देखिएकाले आरोपी आचार्यसँग विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आचार्यले भने आफू दोषी ठहरिए पनि अरु कसैलाई दोषी नदेखाउने बताएको अधिकारकर्मीहरुको भनाइ छ । यसले गर्दा घटनामा अरुको पनि संलग्नता भएको र त्यसबारे थप अनुसन्धान हुनुपर्ने उनीहरुको प्रशासनसँग माग छ ।
तपाईंको बिचार