सोलारको माध्यमबाट पानी तानेर सिंचाई गरिने सुख्खाग्रस्त देश इजरायलको प्रविधि, पहिलो पटक परिक्षणको क्रममा नेपालको रामेछाप जिल्लामा शुरु गरिएको छ ।
सिंचाई विभाग अन्तर्गत नयाँ प्रविधिमा आधारित सिंचाई आयोजनाको ८५ लाख रुपैयाँ लागतमा रामेछापको खाँडादेवीमा नेपालकै पहिलो सोलार लिफ्ट सिँचाई आयोजनाको निर्माण सुरु गरिएको हो ।
सुनकोशी नदी छेउमा इनार निमार्ण गरी करिव ७ सय मिटर माथी निर्माण गरिएको रिजर्भ ट्ंयाकीमा सोलारको माध्यमबाट तानेर जम्मा गरिएको पानीले त्यस क्षेत्रको सय रोपनीभन्दा बढी खेतियोग्य जमिनमा सिंचाई गरिनेछ ।
सिंचाई राज्यमन्त्री अमरसिंह पुन मगरले आयोजनाको निरिक्षणपछि रामेछापका सुख्खाग्रस्त क्षेत्रअन्तर्गत साविकका २९ गाविसमा यो प्रविधि लैजान मन्त्रालयले योजना अघि सारेको बताउनुभएको छ ।
खाँडादेवीमा निर्माणाधिन नेपालकै पहिलो सोलार लिफ्ट सिँचाई आयोजनाबाट विपन्न माझी बस्ती लाभान्वित हुनेछ ।
तपाईंको बिचार