उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत उत्तीर्ण भएका छन् ।
पुरा समाचारमुगु २८ पुस । मुगु जिल्लाकै ईतिहासमै पहिलो पटक जातिय छुवाछुत सम्बन्धि मुद्दा दर्ता भएको छ । मुगु जिल्लाको दक्षिणि भाग सोरु भेगको फोतु गा.वि.स वडा नं. ५ फोतु गाउका सोवि नेपालीलाई जातिय विभेद गरिएको भन्ने सम्बन्धि मुद्दा दर्ता भएको हो ।
पुरा समाचाररसुवा २७ पुस । स्थानीयस्तरमा नै पाइने ढुङ्गाको प्रयोग गरी निर्माण गरिएकाले “कालोगाँउ”को रुपमा परिचित रसुवाको गत्लाङ गाँउ अहिले भूकम्पपछि तङ्रिने तरखरमा छ । तर भूकम्पले पु¥याएको क्षतिको समयमै पुनःनिर्माण नहुदाँ पर्यटकले खचाखच हुने कालो गाउँ अहिले नामजस्तै कालो अथवा सुनसान छ ।
पुरा समाचारसर्वाधिक धनराशिको ‘पावर बल’ चिठ्ठा बुधबार राति नै ७० करोड पुगेको यसको पुरस्कार राशि शनिबारसम्म बढेर ९० करोड पुग्दा पनि कसैले पार्न सकेनन् । शनिबार राति खोल्दा पनि कसैले नपारेपछि यो ‘पावर बल’ चिठ्ठाको राशि बढेर आइतबार रातिसम्ममा नेपाली डेढ खर्ब रुपैयाँ नजिक पुगेको हो ।
पुरा समाचारकाठमाडौं २६ पुस । त्यसै त पुसको कठ्याङ्ग्रीदो चिसो । त्यसमाथि टहरा नै पुर्ने गरि हिउँ परेपछि अवस्था के भयो होला ? बाक्लो हिमपात भएपछि गोरखाका भूकम्प प्रभावितहरुको अवस्था बेहाल भएको छ । हिउँको भार थेग्न नसक्दा भूकम्पपीडितका टहरा भत्कन र पुरिन थालेका छन् ।
पुरा समाचारकाठमाडौं २४ पुस (एजेन्सी) द्वन्द्वग्रस्त सिरियामा नागरिकहरु भोटमरीमा छटपटाउन थालेका छन् । भोक मेटाउने उपायका रुपमा एउटा गाउँका मानिसले भोकमरीका कारण ढुंगामाटो खान थालेका छन् । भोकमरीको चपेटामा परेका उनीहरुले खानेकुरा केही नपाएपछि ढुंगामाटो नै खान थालेको वीवीसीले लेखेको छ ।
पुरा समाचारकाठमाडौं २४ पुस । तपाई साथी, आफन्त, छिमेकीसँगको भेटघाटमा कस्तो कुरा गर्नुहुँन्छ ? कहिलेकाहि निकै रमाईला, कहिलेकाहि गम्भिर खालका । हामी परिस्थिति अनुसार साथीसंगि, छरछिमेक, आफन्तहरुसँग कुराकानी गरिरहेका हुन्छौ ।
पुरा समाचारदिउँसोको पारिलो घाममा सिन्धुपाल्चोक साँगाचोकका होम बहादुर थापा धान सुकाउँदै हुनुहुन्छ । नजिकिंदै गरेको माघे संक्रान्तीमा धान कुटेर चामलको भात खाने उहाँको इच्छा छ । तर, चिसो मौसम तातो भात आफ्नो घरमै बसेर खाने इच्छा चै कहिले पुरा होला ?
पुरा समाचार११ महिना अघि रोजगारीका लागि साउदीको दमाम पुगेका चार नेपाली युवा अलपत्र परेका छन् ।कम्पनीले सयममा तलब नदिएपछि घर फर्कन खोज्दा कुनै कागजात नभएकाले उनिहरु अलपत्र परेका हुन ।
पुरा समाचारदाङ २२ पुस । दाङमा माइक्रो बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दाङ तुलसीपुरको सौडिकुलामा स्कुल बस र माइक्रो बस आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । रा १ क १९१ नम्बरको स्कुल बस र रा १ ज ३७२ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मृत्यु हुने सबै माइक्रो बसमा रहेका यात्रु रहेका छन् ।
पुरा समाचार