काठमान्डौं पुस ३० । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत उत्तीर्ण भएका छन् । नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएको उच्च माध्यामिक शिक्षा परिषदले जनाएको छ ।
आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९ सय ८३ अर्थात ३४.६५ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । गत असार १ गतेबाट सञ्चालन गरेको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।
नतिजा हेर्नका लागि HSEB टाईप गरि एक स्पेश छोडेर २७२२ मा एसएमएस गर्न सकिन्छ । यस्तै HSEB लेखि एक स्पेस दिएर आफ्नो जन्म मिति लेखि लेखि १६०० मा एसएमएस पठाएर पनि हेर्न सकिन्छ ।
तपाईंको बिचार