खुल्ला दिशा मुक्त क्षेत्र घोषणाका नामामा ओखलढुंगामा लाखौँ सरकारी बजेटको दुरुपयोग हुने गरेको छ । घोषणा सभा र अतिथि सत्कार लगाएतमा प्रत्येक गाविसले आवश्यकता भन्दा बढि सरकारी बजेट खर्च गरिरहेका छन् ।
पुरा समाचारबीरगञ्ज, १५ माघ । लामो समयदेखि बन्द रहेको मुख्य नाका वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुलेको छ । पूर्ण र घोषित रुपमा नाका नखुलेपनि अघोषित रुपमा नाका खुलेको छ ।
पुरा समाचारकाठमाडौं १५ माघ । हिजोदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड २७ घण्टापछि खुलेको छ । एकतर्फी रुपमा बाटो खुलेपनि आवत जाउत सहज बनिसकेको छैन । नारायणगढ मुग्लिन सडकखण्डको कालिखोलामा सुख्खा पहिरो गएपछि बिहीबार बेलुकादेखि सडक अवरुद्ध छ।
पुरा समाचारकाठमाडौं १४ माघ । सरकारले मधेसका आठ जिल्लालाई लक्षित गरी आक्रामक विकास कार्यक्रम सुरु गरेको छ । हालको सीमांकन अनुसार प्रदेश नं. २ मा पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लामा यो कार्यक्रम लागू हुनेछ ।
पुरा समाचारकाठमान्डु १३ माघ । जेट एयरलाइन्सको जहाजमा बम भएको हल्ला चलेर फ्लाइट रोकिएको दुई दिनपछि आज फेरि जेट र एयर इन्डियामा बम राखिएको हल्ला चलाईएको छ ।
पुरा समाचारकाठमान्डु १३ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो सूचकांक अनुसार नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल गतवर्ष भन्दा चार स्थान तल १ सय ३० औं स्थानमा रहेको छ ।
पुरा समाचारकाठमाडौं १२ माघ । मुलुकका विभिन्न जिल्लामा दादुराले बालकालिकाको मृत्यु हुनेक्रम नरोकिएपछि सरकारले खोप अभियान चलाउने तयारी गरेको छ । भुकम्प प्रभावित १४ जिल्लालाई लक्षित गरि दादुराविरुद्धको अभियान यसअघि चलाइकिएको छ भने बाँकि ६१ जिल्लामा दादुरा बिरुद्धको खोप अभियान चलाउने तयारी स्वास्थ्य मन्त्रालयको छ ।
पुरा समाचारमकवानपुर १३ माघ । मकवानपुर मार्खु गाउँका लागि ललिता थापाको नाम नौलो होईन । स्थानीय स्तरका बिभिन्न संघ, संस्था, समहुको नेतृत्व गर्ने थापा कालसिंङखोला सामुदायिक वनको अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको साथै उहाँ आफ्नै वडाको श्रीकृष्ण महिला समूहको पनि अध्यक्ष हुनुहुँन्छ ।
पुरा समाचारकाठमाडौं १३ माघ । नेपाल आयल निगमले आजदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा १ देखि ६ लटसम्मका चार पाङ्ग्रे निजी कार तथा जिपलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले आजदेखि ३ दिन लटअनुसार निजी चार पाङग्रे कार तथा जीपलाई पेट्रोल वितरण गर्न लागेको हो ।
पुरा समाचार