काठमान्डु १३ माघ । जेट एयरलाइन्सको जहाजमा बम भएको हल्ला चलेर फ्लाइट रोकिएको दुई दिनपछि आज फेरि जेट र एयर इन्डियामा बम राखिएको हल्ला चलाईएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको भन्दै फोन आएपछि उडान रोकिएका छन् ।
ती दुवै जहाजमा बम डिस्पोजल टोलीले बम भए नभएको निरिक्षण गरिरहेका छन् । अज्ञात व्यक्तिले विमानस्थल प्रहरीको डेपुटी कमिसनरलाई टर्कीबाट भीओआईपी प्रयोग गरेर फोन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अहिले जेट एयरलाइन्सको जहाजका ७ चालक दलका सदस्य र १ सय २२ यात्रुलाई प्रतीक्षालय र एयर इन्डियाका २ सय १५ यात्रुलाई टर्मिनियस भवनमा राखिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
तपाईंको बिचार