निःशुल्क खोप तर नलगाई जान्छ ज्यान

प्रकाशित मिति: 2016-01-27
उमा पौडेल

काठमाडौं १२ माघ । मुलुकका विभिन्न जिल्लामा दादुराले बालकालिकाको मृत्यु हुनेक्रम नरोकिएपछि सरकारले खोप अभियान चलाउने तयारी गरेको छ । भुकम्प प्रभावित १४ जिल्लालाई लक्षित गरि दादुराविरुद्धको अभियान यसअघि चलाइकिएको छ भने बाँकि ६१ जिल्लामा दादुरा बिरुद्धको खोप अभियान चलाउने तयारी स्वास्थ्य मन्त्रालयको छ । 

बर्दिया,सुनसरी,सल्यान र सिन्धुपाल्चोकका बालबालिका पनि दादुराको जोखिममा छन् । ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई दादूराको खोप लगाउनुपर्छ । 

बिभिन्न खोपका लागि सुई लगाउने भन्नेबित्तिकै प्रयः बालबालिकाहरु डराउँछन् । तर डराउँछन् भनेर उनीहरुलाई उचित समयमा दादूराविरुद्धको खोप नलगाउँदा भने उनीहरुको मृत्यु समेत हुनसक्छ । निशुल्क लगाउन पाउने दादूराविरुद्धको खोप नलगाएकै कारण नेपालको पश्चिमी क्षेत्रका ९ जना बालबालिकाको ज्यान गइसकेको छ । 

खोप अभियान सुरु 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख बाबुराम मरासीनीले अब बालवालीका मर्न नदिन सरकारले सजगता अपनाउने बताउनुभयो । उहाँले दादुरा विरुद्धको खोप अभियान सुरु गरेको बताउनुभयो । 

कपिलबस्तुमा दादुराले प्रकोपको रुप लिएको छ, भने बर्दिया,सुनसरी,सल्यान र सिन्धुपाल्चोकका बालबालिका पनि दादुराको जोखिममा छन् ।

९ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई दादूराको खोप लगाउनुपर्छ । खोप लगाएकामध्ये करिब १५ प्रतिशतमा यसले काम नगर्ने गरेको बालस्वास्थ्य महाशाखा अन्तर्गत खोप शाखा प्रमुख मुकुन्द गौतमको दावी छ ।

लक्षण

पछिल्लो जनसांख्यिक तथा  स्वास्थ्य सर्वेक्षण अनुसार बर्सेनी दादुरा खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या १२ प्रतिशत छ । उच्च ज्वरा आउने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, मुखको भित्रि भागमा साना सेतो धब्बा देखिनु दादुराका लक्षण हुन् । दादुराबाट बच्न अविभावकले सावधानी अपनाउुपर्ने बालरोग बिशेषज्ञ डाक्टर कृष्ण पौडेलको सुझाव छ । 

नियमति खोप कार्यक्रम हुँदा बालबालिका ९ महिनाको हुँदा पहिलो र १५ महिनामा दोस्रो मात्राको खोप लगाउनुपर्छ । नियमित कार्यक्रम बाहेक हरेक चारचार वर्षमा सरकारले दादुराविरुद्धको अभियान चलाएर छुटेका बालबालिकालाई खोप लगाउने व्यवस्था गर्छ ।

बालबालिका डराउँछन् वा खोप बारेको परम्परागत गलत धारणाको पछि नलागेर दादुराविरुद्धको खोप लगाउँदा आफ्ना सन्तानलाई रुबेलाबाट पनि जोगाउन सकिन्छ । 

तपाईंको बिचार