काठमान्डु १४ फाल्गुन । एयर काष्ठमण्डपको जहाज कालिकोटको चिल्खयामा आकस्मिक अवतरण गरिएको छ । नेपालगन्जबाट जुम्लाको लागि आज १२ बजेर १६ मिनेटमा उडेको सो जहाजमा प्राविधीक खराबी आएपछि चिल्खयामा आकस्मिक अवतरण गरिएको हो ।
पुरा समाचारनेपालका नदीहरुमा सुन भेटिने कुरा पहिलेदेखि नै चर्चामा थियो । नदी किनारमा बस्ने कतिपयको जीवन नै नदीले बगाएर ल्याएको बालुवामा सुन खोज्नु रहेको छ । नेपालको कालिगण्डकी नदीमा सुन रहेको चर्चा यसअघि नै हुँदैआएको र त्यहाँ सुन खोज्ने काम स्थानीयहरुले गरिरहेका छन् ।
पुरा समाचारबुटवल, ६ फागुन । रुपन्देहीको बुटवलमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोकिराखेको बसलाई पछाडिबाट आएको जीपले ठक्कर दिँदा जीपमा रहेका तीन जनाकोमृत्यु भएको छ । गएराति भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
पुरा समाचारसक्षम, इमान्दार र कर्तब्यनिष्ठ एकजना राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्टविलिटी ल्याबले हरेक बर्ष प्रदान गर्ने इन्ट्याग्रीटी आइडल सम्मान अन्तरगत बर्ष २०१६ का लागि मनोनयन आह्वान गरिएको छ ।
पुरा समाचारबाँके जिल्लाको संयुक्त बजार अनुगमन समितिले पटक—पटक अनुगमन गरिरहेको बताए पनि म्याद नाघेका गुणस्तरहीन औषधि भेटिन भने छाडेका छैनन । गत साता मात्रैँ नेपालगंज र कोहलपुरमा भएको अनुगमनबाट पनि अखाद्य औषधिहरु फेला परेका थिए ।
पुरा समाचारभुकम्पले पारिवारीक रुपको बेमेललाई एकता बनाएका केहि स्थानका उदाहरण छाड्ने हो पनि पछिल्लो समय राहत र अन्य सुविधाका कारण उत्पन्न विवादले समाजमा अशान्ति फैलन थालेको छ । जिल्लाका हरेक गाविसमा पारिवारीक कलह त छँदैछ त्यो भन्दा ठुलो पीडितहरुको मन र सम्वन्ध टुट्न थालेका छन् ।
पुरा समाचारकाठमान्डु, २६ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोईरालाको आकस्मिक रुपमा भएको निधन देश पुरै शोकमा डुबेको छ । अघिल्लो दिनको साँझसम्म कोइरालाको स्वास्थ्यमा खासै समस्या थिएन । दुई दिन देखि अलिअलि ज्वरो आएको थियो ।
पुरा समाचारकाठमाडौं २५ माघ । देशभरीको मौसममा बदली भएपछि देशभरा वर्षा भएको छ । केही ठाउँमा हिमपात भइरहेको छ । काठमाण्डुसहित पूर्वी भागमा आज पनि बर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु कश्मीरबाटअप्रवेश गरेको वायुको प्रभावले नेपालमो मौसममा बदली भएको छ ।
पुरा समाचारकोरिया सपनासहित भाषा परीक्षा पास गरेका सयौं युवा अहिले पनि जाने प्रतिक्षामा छन् । केही महिला पैसा कमाउने र कोरियाको नागरिक बन्ने उद्देश्य सहित नयाँ बाटोबाट कोरिया पुगिरहेका छन् । नयाँ बाटो हो, सक्कली र नक्कली विवाह ।
पुरा समाचारकाठमाडौं २४ माघ । सरकारले सार्वजनिक सवारी साधानको भाडा घटाउने भएको छ । सार्वजनिक यातायातमा बढीमा एक रुपिया घट्ने गरि यातायात व्यवस्था विभागले सिफारिस गरेको छ । विभागले भाडा घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ ।
पुरा समाचार