ज्यान जोगाउने औषधीका कारण नै ज्यान जोखिममा

प्रकाशित मिति: 2016-02-15
प्रेम विश्वकर्मा, कृष्णसार एफएम, नेपालगञ्ज

बाँके, ३ फागुन । बाँके जिल्लाको संयुक्त बजार अनुगमन समितिले पटक—पटक अनुगमन गरिरहेको बताए पनि म्याद नाघेका गुणस्तरहीन औषधि भेटिन भने छाडेका छैनन । गत साता मात्रैँ नेपालगंज र कोहलपुरमा भएको अनुगमनबाट पनि अखाद्य औषधिहरु फेला परेका थिए । नियमनकारी निकायले ध्यान पु¥याउन नसक्दा औषधिको विक्री वितरणमा लापरवाही बढेको गुनासो ब्यापक छ । 

औषधि स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण र संबेदनशील मानिएपनि मेडिकलहरुले म्याद सकिएका औषधि बिक्री बितरण गर्दा हजारौ नागरिकको ज्यान जोखिममा 

पछिल्लो समय मध्य र सदुरका विभिन्न जिल्लामा औषधी विक्री वितरण प्रक्रिया फितलो बन्दै गएकोे छ । कतिपयलाई औषधी कस्तो खालको हो भन्ने कुरा पनि थाहा हुदैन । उनीहरु डाक्टर र औषधी ब्यवासायिकैँ भरमा औषधी सेवन गर्न वाध्य हुन्छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी ब्यवास्था विभागले राष्ट्रिय औषधी प्रयोगशाला काठमाडौँमा रहने गरि विराटनगर, विरगंज र नेपालगंजमा शाखा कार्यालय स्थापना गरेको छ । नेपालगंज शाखा कार्यालय आसपासकै सन्र्दभमा पनि नागरिकले पुर्ण गुणस्तर युक्त औषधीहरु पाउन सकेका छैनन् ।

के साच्चैँ औँषधी ब्यवासायिहरुले खरिद विक्रीमा लापरवाही नैँ गरेका हुन त ? नेपाल औषधी ब्यवासायि संघ भेरी अञ्चल नेपालगंजका अध्यक्ष अभय कुमार बस्नेत अब अनुगमन गर्ने बताउनुहुन्छ । 

डाक्टरहरुले जथाभावी रुपमा औँषधीको सिफारिस गदिने भएकाले पनि समस्या देखीएको अध्यक्ष बस्नेतकबो भनाई छ ।

औषधी ब्यवास्था विभाग शाखा कार्यालय नेपालगंजका अनुसार मध्य र सुदुरपश्चिममा करिव ४ हजार २ सय ४१ औषधी पसलहरु रहेका छन । जसमा एरोपेथिक,आर्युवेदिक र भेटनरी लगाएत छन । २४ जिल्लामा वार्षीक ३ सय ५० वटा औषधी पसलहरुको अनुगमन तथा निरीक्षण गर्ने लक्ष्य लिएपनि त्यो हुन सकेको छैन । 

यसका लागी कार्यालयमा ३० लाख ७८ हजार बराबरको वजेट आउने गरेको छ । तर समस्या जस्ताको तस्तैँ विद्यमान छ । किन त ? नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगंजका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्री सरकारले चासो राख्ने दावी गर्नुहुन्छ ।

औषधि स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण र संबेदनशील मानिएपनि मेडिकलहरुले म्याद सकिएका औषधि बिक्री बितरण गर्दा हजारौ नागरिकको ज्यान जोखिममा परेको छ । 

तपाईंको बिचार