एउटा आकस्मिक अवसान (अडियो सहित)

बोल्दा बोल्दै अस्ताए सुशील दा ! (फोटो फिचर सहित )

प्रकाशित मिति: 2016-02-09
राजन रुचाल

काठमान्डु, २६ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोईरालाको आकस्मिक रुपमा भएको निधन देश पुरै शोकमा डुबेको छ । अघिल्लो दिनको साँझसम्म कोइरालाको स्वास्थ्यमा खासै समस्या थिएन ।

दुई दिन देखि अलिअलि ज्वरो आएको थियो । चिसो बढ्दा निमोनिया र दमको समस्या समेत बल्झिएको थियो । खोकीले भने उहाँलाई सताएको थियो ।

तर अस्पताल नै लैजानु पर्ने गरि कोईराला विरामी नभएको उहाँका सहयोगीहरु बताउँछन् । सिआईएनसँगको कुराकानीमा भतीज शशांक कोईरालाले सोमबार राती १० बजे सम्म उहाँको अवस्था सामान्य रहेको तर सुत्नु अघि एक्कासी श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो ।

त्यस पश्चात उहाँका निजी चिकित्सक कविरनाथ योगी आएर अक्सिजनको मात्रा बढाईएपनि त्यसको खासै प्रभाव परेन । उहाँलाई अस्पताल लैजाने तयारी गरिंदै थियो तर त्यसैवेला काँग्रेस सभापति कोईरालाले अन्तिम श्वास लिनुभयो ।  

 

के होला आकस्मिक निधनको कारण ?


सुशील कोईरालाको जीवन सामान्य थियो । उहाँ राष्ट्रको प्रधानमन्त्री हुँदा र काँग्रेसको सभापति हुँदा कहिल्यै पनि सम्पतिको जोहोमा लाग्नुभएन । उहाँले जिएको सामान्य किसिमको जीवन यापनको शैलीबाट प्रभावित हुनेहरुको सङ्ख्या कम थिएन ।

उहाँको जीवन सामान्य भएपनि काम असामान्य थियो । पछिल्ला दिनहरुमा काँग्रेसको नजिकिंदो महादिवेशनको धपेडीमा कोईराला हुनहुन्थ्यो । उहाँलाई काँग्रेसमा कोईराला विरासत जोगाउनै पर्ने चिन्ताले जहिल्यै सताईरहेको हुन्थ्यो ।

पार्टी नेतृत्वको लागि कोईराला परिवारका सदस्यहरुको दबाव पनि पछिल्ला दिनहरुमा बढ्दै गएको थियो । त्यसले पनि बिरामी कोईरालालाई थप गलाएको हुनसक्ने, श्रद्धान्जलीको लागि कोईराला निवासमा उपस्थित काँग्रेस नेता, कार्यकर्ता र शुभचिन्तकहरुको माझमा चर्चा चलिरहेको थियो । 

 

क्यान्सरलाई जितें भनेर केहि दिन अघि मात्रै सुशील कोईरालाले सार्बजानिक कार्यक्रममा अभिव्यक्ती दिनुभएको थियो । तर उहाँले निमोनिया र फोक्सोको समस्यालाई जित्न सक्नुभएन । दुई दिन देखि अक्सिजन दिएर राखिएको भएपनि कोईरालालाई किन अस्पताल लगिएन भन्ने प्रश्न समेत काँग्रेसजनहरुको मनमा उब्जिएको छ । 


सामान्य व्यक्तित्व सजिलो मरण

काँग्रेस कार्यकर्ताहरुको माझमा “सुशील दा” को नामले परिचित कोईराला लामो समय देखि थलिएर बित्नुभएको होईन । उहाँ हिंडडुल गर्दागर्दै यो संसारबाट बिदा हुनुभयो ।

सोमबार बिहान काँग्रेसको काठमान्डु जिल्ला अधिवेशन उद्घाटनमा उहाँ जान सक्नुभएन, कारण, उहाँलाई ज्वरो आईरहेको थियो । दिनभर कोईरालाको स्वास्थ्य अवस्था सामान्य नै रह्यो ।

उहाँले कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएन । तर फोनमा भने उहाँले विभिन्न जिल्लामा भईरहेका अधिवेशनको बारेमा जानकारी लिनुभएको थियो । कोईरालाले बेलुका अन्य दिन भन्दा सामान्यतयः अलि बढि नै खाना खानुभयो ।

त्यसपश्चात् औषधि सेवन गरेर सुत्नुभएका कोईरालालाई एक्कासी स्वास्थ्य समस्या देखियो । रक्तचाप न्युन भयो र श्वासप्रश्वास गर्नै कठिन भयो । रातको १२ः५० बजेको समयमा कोईरालाले अन्तिम श्वास लिनुभयो ।

“न अस्पताल बस्नप¥यो, न त लामो समयसम्म बिरामी भएर थलिनप¥यो” कस्तो सजिलो मरण ! कोईराला निवासमा उहाँलाई श्रद्धान्जली दिन पुगेका शुभचिन्तकहरुले भनिरहेका थिए । 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_05371.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_05371.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_0546.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_0546.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_0560.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_0560.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_0564.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_0564.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_0539.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_0539.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_0570.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_0570.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_0582.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_0582.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/IMG_0587.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/IMG_0587.JPG): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार