सार्वजनिक यातायतको भाडा एक रुपियाँ घटाइदै

प्रकाशित मिति: 2016-02-07

काठमाडौं २४ माघ । सरकारले सार्वजनिक सवारी साधानको भाडा घटाउने भएको छ । सार्वजनिक यातायातमा बढीमा एक रुपिया घट्ने गरि यातायात व्यवस्था विभागले सिफारिस गरेको छ । विभागले भाडा घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । 

मन्त्रालयले स्विकृत गरेपछि सावर्जनिक सवारी साधनको भाडा घट्ने छ । विभागका अनुसार प्रस्ताव गरिएको नयाँ भाडा दरमा यात्रुवाहकमा २.५३, मालवाहक तराईमा ३.७६ र पहाडमा ३.२८ तथा ट्याक्सीमा १.६५ प्रतिशत घटाउन लागिएको हो ।
 
स्थानिय वा उपत्यकाका रूटमा कम्तिमा १३ र बढीमा २४ रूपैयाँ हुन आएको छ । यसअघि १३ रुपियाँ ४९ पैसा थियो ।

अहिले घटेर १३ रुपियाँ ७ पैसा हुने देखिन्छ । तर व्यवसायीले १४ रुपियाँ नै लिने गरेका छन् ।  २५ किलो मिटरसम्म हुने स्थानीय रुटमा बढीतर्फ भने २५ बाट घटेर २४ हुन आएको छ । अब ट्याक्सीको मूल्य भने प्रतिकिलोमिटर ३६ बाट घटेर ३५ हुन आएको छ ।
 
नेपाल आयल निगमले माघ ४ पेट्रोल प्रतिलिटर ५ रूपैंयाँ, डिजेल र मटितेल ६६ रुपैंयाँ घटाएको थियो । त्यो सँगै पेट्रोल ९९ तथा डिजेल र मटितेल ७५ रुपैंया पुगेको छ ।

तपाईंको बिचार