को बन्ला यो बर्ष उत्कृष्ट कर्मचारी ? मनोनयन आह्वान

प्रकाशित मिति: 2016-02-17

सक्षम, इमान्दार र कर्तब्यनिष्ठ एकजना राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्टविलिटी ल्याबले हरेक बर्ष प्रदान गर्ने इन्ट्याग्रीटी आइडल सम्मान अन्तरगत बर्ष २०१६ का लागि मनोनयन आह्वान गरिएको छ । नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ बाट सुरु गरिएको सम्मानको यो तेस्रो श्रृंखला हो ।

सन् २०१४ मा तात्कालिन पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटी आइडलको बिजेता हुनुभएको थियो भने सन् २०१५ को बिजेता गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल हुनुभएको थियो । 

यो अभियान देशका कुनाकुना पुगोस अनि ७५ वटै जिल्ला बाट सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवको नाममा मनोनयन आओस भनेर आयोजक संस्था लक्ष्य राख्दै अभियानलाई राष्ट्रब्यापी बनाउन सबैलाई अनुरोध गर्दछ । 

मनोनयनकालागि फारम दर्ता गर्न आयोजकले मापदण्ड तय गरेकोछ ।  जस अन्तर्गत, इन्ट्याग्रिटी आइडल नेपाल २०१६ सम्मानका लागि पुर्णतया सरकारी सेवामा कार्यरत शिक्षक, कर्मचारी स्वयंले आफ्नो मनोनयन दर्ता गराउन सक्नुहुनेछ, भने सेवाग्राही वा सहकर्मीले पनि सम्बन्धित शिक्षक, कर्मचारीको हकमा २०७३, अषाढ १६ गते भित्रमा मनोनयन फारम भरी इन्ट्याग्रिटी आइडल नेपाल २०१६ सम्मानकालागि प्रस्ताव गर्न सकिने छ । 

सम्मानका लागि प्रस्तावित ब्यक्ति सरकारी सेवामा कार्य गरेको ५ बर्ष पुरा गरेको हुनुपर्ने र अवकास प्राप्त गर्न बाँकि अवधि कम्तिमा पनि ५ बर्ष हुनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका कुनै पनि नियमनकारी निकायको कारवाहीमा नपरेको हुनुका साथै भ्रष्टाचार अथवा पदिय दुरुपयोग सम्बन्धि कुनै पनि मुद्दाबाट आरोपित नभएको हुनुपर्नेे छ ।  

मनोनयनकालागि इन्ट्याग्रीटी आइडलको आधिकारीक वेबसाईट www.integrityidol.org मा गएर  मनोनयन फारम भर्न सकिनेछ अथवा डाउनलोड गरेर फारम भरीNepal@integrityidol.orgमा ईमेल गर्न सकिनेछ र सिधै ईमेल बाट पनि मनोनयन फारम माग गर्न सकिनेछ । 

तपाईंको बिचार