काठमाडौं २५ माघ । देशभरीको मौसममा बदली भएपछि देशभरा वर्षा भएको छ । केही ठाउँमा हिमपात भइरहेको छ । काठमाण्डुसहित पूर्वी भागमा आज पनि बर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु कश्मीरबाटअप्रवेश गरेको वायुको प्रभावले नेपालमो मौसममा बदली भएको छ ।
हिजो पश्चिमी भागमा पानी परेकोमा गएराती मध्यक्षेत्रमा पनि पानी परेको छ । गएराती देशभरी नै पानी परेको छ । पानी परेपनि पनि तापक्रम भने घटेको छैन । काठमाण्डु उपत्यकाको बिहान ८ बजेको तापक्रम १० दशमलब २ डिग्री रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
जुम्लाको तापक्रम भने माइनस चार डिग्री रहेको छ । जुम्ला, हुम्ला लगायतका जिल्लामा हिमपात भइरहेको छ । पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सक्रिय भएकाले भोलिसम्मै असर पर्ने देखिने मौसम पूर्वानुमान शामखाले जनाएको छ । काठमाडौंसहितको मध्यभागमा आजै बेलुकीबाट मौसमम सुधार आउने देखिएको छ ।
तपाईंको बिचार