‘लंकामा सुन छ कात बुच्चै’ सुन भन्ने वित्तिकै नेपालमा लंका भन्ने ठाउँ उखानमा जोडेर आउँछ । तर नेपालमा समेत सुन पाउनेठाउँहरु बहिर आउन थालेका छन् । त्यो पनि खानी पत्ता लगाएर होइन खोजेर सुन भेट्ने ठाउँहरु छन् । सुर्खेतको एउटा गाविसको धेरै मान्छेको आर्थिक उर्पाजन नै सुन बन्न थालेको छ ।
सुन सुर्खेतमा खोला किनारमा गुजारा चलाउनेहरु पनि छन् । भेरी नदीमा सुन खोजेरै गुजारा चलाइरहेका केहीलाई भेटिन्छन् । सुर्खेतको तरङ्गा गाविसका नागरिक आर्थिक उपार्जनका लागि नदी किनारमा सुन खोज्ने गर्छन् ।
नेपालका नदीहरुमा सुन भेटिने कुरा पहिलेदेखि नै चर्चामा थियो । नदी किनारमा बस्ने कतिपयको जीवन नै नदीले बगाएर ल्याएको बालुवामा सुन खोज्नु रहेको छ । नेपालको कालिगण्डकी नदीमा सुन रहेको चर्चा यसअघि नै हुँदैआएको र त्यहाँ सुन खोज्ने काम स्थानीयहरुले गरिरहेका छन् ।
त्यही सुन सुर्खेतमा खोला किनारमा गुजारा चलाउनेहरु पनि छन् । भेरी नदीमा सुन खोजेरै गुजारा चलाइरहेका केहीलाई भेटिन्छन् । सुर्खेतको तरङ्गा गाविसका नागरिक आर्थिक उपार्जनका लागि नदी किनारमा सुन खोज्ने गर्छन् । तरंगाका दिपक सुनार र उहाँका श्रीमती देवीसरा पनि भेरी नदीको किनारमा सुन खोज्दै गर्दा भेटिनुभयो । उहाँ भन्नुहुन्छ, यो त पुख्र्यौली पेशा नै हो ।
सबैभन्दा धेरै सानीभेरी र ठुली भेरीमा सुन भेटिने उहाँको अनुभव छ । पानीको वहाव बढ्नुभन्दा अर्थात हिजोआजदेखि चैत बैशाखसम्म सुन बढी भेटिने गरेको सुन खोज्नेहरु बताउँछन् । त्यसैले अबको २-३ महिना यही काम गर्ने देवीसराको भनाइ छ ।
तरंगा गाविसकै दानबहादुर सुनार पनि पुर्खाले नै सिकाएको सुन खोज्ने नै काम गर्दै आएको बताउनुयो ।
दिनभरी बालुवा धोएर उनीहरुले थोरै सुन निकाल्छन् । सुन खोज्नेहरुले घरमै उत्पादन गरेका औजारहरु प्रयोग गर्ने गरेका छन् । घना भन्ने एउटा भाँडोबाट उनीहरुले नै बनाएको नालामाथिको छिट्कीमा बालुवालाई राखेर पानीले बेस्सरी पखालिसकेपछि कालो कुरिन् निकाल्छन् ।
त्यसपछि कुरिन्लाई घट्कुनी भन्ने अर्को भाँडोमा राखेर डोरीले तह लगाईसकेपछि बालुवाकै कणजत्रै मसीना पहेँला कण अर्थात सुन निस्किन्छ । तर दिनभरि खोज्दा एकलालसम्म सुन भेटिने उनीहरुको भनाइ छ ।
त्यसरी पाएको सुन सुर्खेतको वीरेन्द्रनगर बजारमा विक्री गर्ने गरेका छन् । ‘ वहुमूल्य धातु सुन पनि खोजेर भटिन्छ ?’ प्रश्न गर्नेहरुका लागि उनीहरु उत्तर बनेका छन् ।
खोजतलास सुरु
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुका सुर्खेत जिल्लाको बाबियाचौरको जामुमा सुनखानीको सम्भावना देखिएकाले खोजतलास सुरु गरिएको छ । विगतमा राजी समुदायले बालुवा चालेर सुन निकाल्ने गरेको जामुमा अहिले खानी तथा भू–गर्भ विभागले चिनियाँ प्राविधिकसहितको टोलीसहित खोजतलासमा जुटेको हो ।
सुन खानीको खोजतलासको काम गर्न खानी विभागबाट लाइसेन्स प्राप्त गरेको जलजला जेम्स प्रालिले विगत १५ दिनदेखि खोजतलासको काम सुरु गरेको छ ।
Severity: Warning
Message: finfo::file(news/SR-_Deependra_Oli_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/SR-_Deependra_Oli_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार