अघोषित रुपमा खुलेको एक छिनमै बीरगञ्ज नाका बन्द

नेपालले सहज बनाए भारत रोकिएका ट्रक र कन्टेनर पठाउन तयार

प्रकाशित मिति: 2016-01-29
file Photo
file Photo

बीरगञ्ज, १५ माघ । लामो समयदेखि बन्द रहेको मुख्य नाका  वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुलेको छ । पूर्ण र घोषित रुपमा नाका नखुलेपनि अघोषित रुपमा नाका खुलेको छ । धर्नामा बसेको थोरै आन्दोलनकारीले कुनै अवरोध नगरेपछि बिहान मालवाहक ट्रक आहोर दोहोर गरेका छन् ।

पाँचवटा भरी ट्रक नेपाल आएको र नेपालबाट सातवटा ट्रक रक्सौल गएको भन्सार कार्यालयले जनाएको छ । भारतीय पक्षबाट कुनै अवरोध विना बिहान  ना १ ख ९७३६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरका मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगन्ज छिरेका हुन् ।

यस्तै वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् ।  तर बिहान १० बजेपछि फेरि आवत जावत रोकिएको छ । केही धर्नाकारी आएर होहल्ला गरेपछि गाडी आवत जाउत रोकिएको छ ।

धर्नाकारीको संख्या भने निकै कम रहेको छ । भारतीय पक्षले भने अहिले गाडीहरु सकेसम्म पठाउन खोजिरहेको भन्सार कार्यालयका सूचना अधिकृत सुशील् शर्माले सीआइएनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालतर्फबाट स्थानिय प्रशासनले सहयोग गरे अहिले भारतीय पक्ष सबै समान पठाउने अवस्थामा रहेको छ । ठेलामा भएपनि सामान आयात बढेकाले केहीदिन यता राजस्वको दर भने पनि बढेको छ । 

तपाईंको बिचार