अपडेट : २७ घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

प्रकाशित मिति: 2016-01-29

काठमाडौं १५ माघ ।  हिजोदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड २७ घण्टापछि खुलेको छ । एकतर्फी रुपमा बाटो खुलेपनि आवत जाउत सहज बनिसकेको छैन । नारायणगढ मुग्लिन सडकखण्डको कालिखोलामा सुख्खा पहिरो गएपछि बिहीबार बेलुकादेखि सडक अवरुद्ध छ।

प्रहरीले लामो प्रयासपछि डोजरको सहायताले बाटो खोलेको हो । मुग्लिन इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सडकमाथिको डाँडो नै खसेर भएको जाम भएको थियो । 

......................................

मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । अचानक खसेको सुख्खा पहिरोले गएरातीदेखि सडक अवरुद्ध बनेको हो । मुग्लिन–नारायणगढ सडक खण्ड अन्र्तगत कालिखोलामा ठूलो सुक्खा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको छ ।

गएराति ९ बजे खसेको पहिरोका कारण अति व्यस्त सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । धादिङ र चितवनसम्म गाडीको जाम भएको छ । प्रहरीका अनुसार राति अबेरसम्म पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास भएपनि खुल्न सकेको छैन ।

अहिले डोजर पहिलो नजिक पुगेपनि बाटो खोल्ने काम गर्न सकिएको छैन । सडक अवरुद्ध हुँदा चितवनबाट पोखरा–काठमाडौं जाने र आउने सवारी साधन बीच बाटोमै अलपत्रमा परेका छन् । यहाँ बाटो चौडा पार्ने कार्य दैनिक चलिरहेकाले दिउँसोको समयमा पनि दुई घन्टा सडक बन्द हुँदै आएको छ । 

तपाईंको बिचार