नेपालमा भ्रष्टाचार बढ्यो

विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क

प्रकाशित मिति: 2016-01-27


काठमान्डु १३ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो सूचकांक अनुसार नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल गतवर्ष भन्दा चार स्थान तल १ सय ३० औं स्थानमा रहेको छ ।  

सन् २०१२ मा १३९ औं स्थानमा रहेको नेपाल सन् २०१३ मा केही सुधार भइ ११६ औं स्थानमा उक्लिएको थियो । तर, सन् २०१४ मा पुनः १० स्थान तल झर्दै १२६ औं स्थानमा पुगेको थियो ।

सो अवसरमा टीआइ नेपालका अध्यक्ष भरतबहादुर थापाले नेपालमा पदको दुरुपयोग गर्ने अधिकारीहरुमाथि कारबाही कम भएको, भ्रष्टाचार नियन्त्रण प्रभावकारी नभएको, राज्यका प्रमुख अंगका अधिकारीहरुबाट पदको दुरुपयोग हुने गरेको पाइएको बताउनुभयो । सूचकांक अनुसार विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया र सोमालिया रहेका छन् ।

 

तपाईंको बिचार