काठमाडौं २४ पुस (एजेन्सी) द्वन्द्वग्रस्त सिरियामा नागरिकहरु भोटमरीमा छटपटाउन थालेका छन् । भोक मेटाउने उपायका रुपमा एउटा गाउँका मानिसले भोकमरीका कारण ढुंगामाटो खान थालेका छन् । भोकमरीको चपेटामा परेका उनीहरुले खानेकुरा केही नपाएपछि ढुंगामाटो नै खान थालेको वीवीसीले लेखेको छ ।
मडायामा सुरक्षित तरिकाले दैनिक जीवनका लागि आवश्यक पर्ने खानेकुरा, औषधी लगायतका वस्तु पुर्याउन नसकिएको जनाइएको छ । भोकमरीका कारण त्यहाँका नागरिकको ज्यान जान थालेको छ । खानेकुराको अभावमा वालवालीका सबैभन्दा बढी प्रभासवित भएका छन् ।
खान नपाउँदा सुक्दै ज्यान जान थालेको छ । संयुक्त राष्ट्रसंघले त्यहाँका नागरिकलाई सहायता पुरयाउन अपील गरेको छ । विद्रोही समूहको नियन्त्रणमा रहेका त्यस ठाउँमा राहात पुरयाउन पनि समस्या रहेको छ ।
तपाईंको बिचार