खोइ कता छ सरकार, कसले देखाइ देला ?(अडियोसहित)

प्रकाशित मिति: 2016-01-08
राजन रुचाल

काठमाडौं २४ पुस ।  दिउँसोको पारिलो घाममा सिन्धुपाल्चोक साँगाचोकका होम बहादुर थापा धान सुकाउँदै हुनुहुन्छ । नजिकिंदै गरेको माघे संक्रान्तीमा धान कुटेर चामलको भात खाने उहाँको इच्छा छ ।

तर, चिसो मौसम तातो भात आफ्नो घरमै बसेर खाने इच्छा चै कहिले पुरा होला ? थापाको आफ्नो मनले आफै सोध्ने गर्छ । भूकम्पले घर भत्काएपछि उहाँको बास सानो छाप्रोमा छ ।

स्थानिय बिन्दा थापामगरलाई सरकार छ की छैन होला कुनै सरकारी अधिकारीलाई सोध्न मन लागेको छ । ‘तर कसलाई सोध्ने ? कोही पनि गाउँमा नआएपछि’ उहाँको प्रश्न छ । 

साँगाचोक बजारबाट केहि मिनेट पैदल हिंडेपछि तामाङ र मगरको बस्ती छ । बस्तीका कुनैपनि घर भुकम्पले सद्धे छाडेको छैन । सिन्धुपाल्चोक सदरमुकाम चौतारालाई काठमान्डौं जोड्ने सडकसँगै रहेको बस्तीलाई राहत लिएर आउनेहरुले नदेखे झैं गरेको स्थानियको गुनासो छ । 

स्थानिय बिन्दा थापामगरलाई सरकार छ की छैन होला कुनै सरकारी अधिकारीलाई सोध्न मन लागेको छ । ‘तर कसलाई सोध्ने ? कोही पनि गाउँमा नआएपछि’ उहाँको प्रश्न छ । 

 

कोदो टिपीसकेपछि खालीरहेको बारी जोत्दै गरेको अबस्थामा भेटिनुभएका चरीबहादुर तामाङको घर सडकमै जोडिएको छ । शुरु शुरुमा राहत धेर थोर पाएको भएपनि पछिल्ला दिनहरुमा के छ कसो छ भनेर सोधी खोजी गर्न कोही नआएको उहाँ बताउनुहुन्छ । 

भुकम्प प्रभावितहरुले अविभावकको रुपमा सरकारको उपस्थिती खोजिरहेता पनि न स्थानिय तहका कर्मचारी भुकम्प प्रभावितको बस्तीमा पुग्छन न त सरकारका मन्त्रीहरु नै  । 

सरकारले भुकम्प लगत्तै राहत स्वरुप १५ हजार र केहि दिन अघि न्यानो कपडा खरिदका लागि प्रति परिवार १० हजार रुपैंया दियो । तर भुकम्प प्रभावित स्थानियहरुलाई अन्य समयमा पनि सरकारी कर्मचारी सोधी खोजीका लागि आउन जस्तो लाग्छ ।

भुकम्प प्रभावितहरुको चाहना बमोजिम कोही सरकारी मान्छे उनीहरुको घर दैलोमा पुग्दैनन् । सिन्धुपाल्चोकको चौतारा नगरपालीका ९ कि रीता नेपाल । भुकम्पले घरबास गुमाएर टहरामा दैनिकी बिताईरहेका पिडीतहरुका लागि सरकारकै आशा र भरोशा छ ।

भुकम्प प्रभावितहरुले अविभावकको रुपमा सरकारको उपस्थिती खोजिरहेता पनि न स्थानिय तहका कर्मचारी भुकम्प प्रभावितको बस्तीमा पुग्छन न त सरकारका मन्त्रीहरु नै  । भुकम्प गएको आठ महिनाको अवधीमा सरकारले दुई पटक भुकम्प प्रभावितहरुलाई राहत रकम उपलब्ध गरायो ।

राहत बाँड्न गाउँगाउँ पुगेका बेला गाविस सचिब र स्थानिय अगुवालाई सरकारका प्रतिनिधीको रुपमा पाएका भुकम्प प्रभावितहरुले अन्य समयमा सरकारको उपस्थिती नभएको गुनासो गरेका छन् । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार