पहिला अल्झियो स्याहार, अहिले बल्झियो पीडा

नेपालका १० लाख महिला पाठेघर पीडित

प्रकाशित मिति: 2016-01-08
उमा पौडेल
महिलास्वास्थ्यका बारेमा छलफल गर्दै गाउँका महिला/ तस्बिर :गुगल
महिलास्वास्थ्यका बारेमा छलफल गर्दै गाउँका महिला/ तस्बिर :गुगल

काठमाडौं २४ पुस । तपाई साथी, आफन्त, छिमेकीसँगको भेटघाटमा कस्तो कुरा गर्नुहुँन्छ ? कहिलेकाहि निकै रमाईला, कहिलेकाहि गम्भिर खालका । हामी परिस्थिति अनुसार साथीसंगि, छरछिमेक, आफन्तहरुसँग कुराकानी गरिरहेका हुन्छौ ।

पुरुषको तुलनामा महिलाहरुले गर्ने गफ अलि फरक हुँन्छ । पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर नजिकै २ जना महिलाहरु आफ्नो प्रजनन स्वास्थ्य समस्याबारे कुराकानी गर्दे थिए ।  ललितपुरको पटन दरवार स्क्यारमा रहेको कृष्ण मन्दिरमा धेरै मानिसको हल्लाखल्ला, जमघट छ । कोहि चिया, बदाम खाँदै मन्दिर अगाडिका सिडी, पेटि र खुड्किलामा हाँस्दै गफिदै बसिरहेका छन् ।

बच्चा जन्मिएको ३ महिनासम्म यौनसम्पर्क नगर्ने, गर्भवति हुँदादेखि नै खानपान, आराम र स्वास्थ्य जाँच गराईरहन नहुँदा क्लिनिककी नर्स राधा ज्ञवालीको सुझाब छ । 

साना साना नानीहरु मन्दिरको आँगनमा भएका परेवा लखेट्दै छन् । मन्दिर नजिकैको ढुंगेधारामा मान्छेको हल्लाखल्ला भन्दा अलि टाढा  २ जना महिलाहरु निकै नजिकै बसेर गम्भिर मुद्रामा सानो स्वरमा कुरा गर्दैछन् । 

आफ्नै सुरमा नजिकै गएर बसेजस्तो गर्दा उनीहरु आफुले भोग्नुपरेको प्रजनन स्वास्थ्य समस्याबारे कुराकानी गर्देथिए । सुत्केरी अवस्थामा खानपान, आराम, हेरचाह नपाएपछि पाठेघर खस्ने समस्याबाट पिडित भएको खोटाङ्की गीता राईको गुनासो छ ।

अहिले महिनैपिच्छे उपचार गर्न काठमाण्डाँै आईरहनुपर्दा खर्च कहाँबाट जुटाउने भन्ने पिरलो त छदैछ, समयको पनि उत्तिकै बर्बादि भैरहेको छ ।

खोटाङ्की गीता राई मात्रै हैन धेरै महिलाहरुले आफुले भोग्नु परेको पाठेघर खस्ने समस्या लगायत प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भोग्नु परिरहेको छ ।

नेपालका १० लाख महिलाहरु पाठेघर सम्बन्धि समस्याबाट अछुतो नरहेको महिला प्रजनन अधिकार कार्यक्रम केडले गरेको अध्ययनले देखाएको छ ।  

गर्भाअवस्था देखि सुत्केरी हुँदासम्म महिलाहरुले खानपान, कामकाजमा ख्याल नगर्दा, समय समयमा स्वास्थ्य जाँच नगराँउदा, धेरै बच्चा जन्माउदा पाठेघर सम्बन्धि स्वास्थ्य समस्या देखा पर्छन् ।

बच्चा जन्मिएको ३ महिनासम्म यौनसम्पर्क नगर्ने, गर्भवति हुँदादेखि नै खानपान, आराम र स्वास्थ्य जाँच गराईरहन नहुँदा क्लिनिककी नर्स राधा ज्ञवालीको सुझाब छ । 

सुत्केरी अवस्थामा कम्तिमा ४५ दिनसम्म पुर्ण आराम गर्नुपर्छ । प्रकृतिले नै महिलाले बच्चा जन्माउनुपर्ने दायीत्व दिएको छ । यसो भन्दैमा गर्भाधारणदेखि बच्चा जन्माउने, हुकाउर्ने सम्मको जिम्मेवारी महिलाको मात्रै हो भन्ने हैन ।

श्रीमानदेखि परिवारका अरु सदस्यको पनि गर्भवति, सुत्केरी महिलाप्रति उत्तिनै दायीत्व हुन्छ । मेरो छोराछोरी, नातीनातीनी भनेर जति गर्बले बोलाउछाँै, चिनाउँछौ, उनीहरुलाई जन्म दिने आमाप्रती जिम्मेवारीको पनि उत्तिकै बोध हुनु आवश्यक छ । 

तपाईंको बिचार