गत बुधबारै ५ सय मिलियन डलर ९५० करोड० हुँदै खुल्ने आशामा टिकट किनेका लाखौंले जित्न नसकेपछि टिकट किन्नेहरुको ओइरो लागेर शनिबारसम्ममा साढे नौ सय मिलियन डलर पुगिसकेको थियो ।
सर्वाधिक धनराशिको ‘पावर बल’ चिठ्ठा बुधबार राति नै ७० करोड पुगेको यसको पुरस्कार राशि शनिबारसम्म बढेर ९० करोड पुग्दा पनि कसैले पार्न सकेनन् ।
शनिबार राति खोल्दा ‘ज्याकपट’ नपरेपछि चिठ्ठा किन्नेहरुको विश्वभरबाट ओइरो लागेको छ । अमेरिकाका स्टोरहरुमाा हजारौं अमेरिकनहरु ‘पावर बल चिठ्ठा’ किन्न ओइरिँदा आइतबार मध्यरातिसम्म यसको पुरस्कार राशि बढेर १.३ बिलियन डलर अर्थात १ खर्ब ३७ अर्ब नेपाली रुपैयाँ पुगेको हो ।
याे पुरस्कार राशि बुधबार चिठ्ठा खुल्नुअघि डेढ खर्ब नेपाली रुपैयाँ पुग्ने पक्का छ । पुरस्कार राशि बढेसँगै यसको टिकट किन्नेको संख्या बढ्दै गएको छ । शनिबार राति पनि नपरेपछि पुरस्कार राशि बढेर १.३ बिलियन डलर पुग्दा नयाँ विश्व रेकर्ड नै बन्न पुगेको हो ।
९५० मिलियन डलर पुग्दा शनिबार राति चिठ्ठा खोलिएको थियो । तर, कसैलाई पनि पर्न सकेन । चिठ्ठा नपरेपछि यसको टिकट किन्नेहरुको धुइरो लाग्दै गर्दा पुरस्कार राशिले पनि बढेर विश्व रेकर्ड बनाएको हो ।
शनिबार राति ९४ करोड डलरका लागि ‘पावर बल’ खोलिँदा १६–१९–३४–५७ ९पावर बल नम्बर १३० भएका खरिदकर्ता बिजयी भएका थिए । तर ठूलो रकम हात पार्न नसकेकाले चिठ्ठाको पुस्कार बढेर एक खर्ब पुगेको हो । पाँच अंक मिलाएका दुईजनाले २० लाख अमेरिकन डलर हात पारेका थिए ।
शनिबार ठूलो राशिको पुरस्कार कसैले हात पार्न नसकेपछि जनवरी १३ का लागि पुरस्कार राशि बढेर १ खर्ब ५० अर्ब पुग्ने अनुमान गरिएको छ ।
टेक्सास लोटरीका निर्देशक ग्यारी ग्रिफले बताए अनुसार शनिबार राति खोलिएको चिठ्ठामा २५ जनाले १ मिलियन डलर जितेका थिए भने अन्य तीनजनाले २ मिलियन डलर हात पारेका थिए ।
यो पावर बल अमेरिकी राजधानी वासिङटनसहित अमेरिकाका ४४ वटा राज्यमा खोलिएको छ । ठूलो परिमाणको ‘ज्याकपट’ कसैले पार्न नसकेपछि यसको पुरस्कार राशि रातारात बढेर विश्व रेकर्ड बनाउँदै डेढ खर्ब नजिक पुगेको हो ।
हप्तामा दुई पटकमात्र खोलिने यो चिठ्ठाको पुरस्कार बढ्दै रेकर्ड तोडेपछि टिकट किन्ने पनि बढेका हुन् । टिकट किन्ने बढेसँगै ‘अमेरिकन लोटरी कमिसन’ पुरस्कार राशि पनि बढाउँदै लगेको छ ।
यो लोटरीको पुरस्कार राशि प्रत्येक पटक खोल्दै जाँदा बढ्दै जान्छ । हरेक ६ नम्बरको जित्ने श्रृंखलामा कोही बिजेता नभएपछि पुरस्कार राशि बढ्छ । यसलाई उत्तर अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो लोटरीकारुपमा लिइएको छ ।
यो ज्याकपट पार्नका लागि अमेरिकाभर नै खुद्रा दोकानमा टिकट किन्नेको लामो लाइन लाग्ने गरेको छ । अमेरिकी लोटरी कमिसनको नियमानुसार एउटा पावर बल चिठ्ठा खरिद गर्न दुई डर तिर्नुपर्छ ।
पावर प्लेसहित खरिद गर्दा थप एक डलर चुकाउनुपर्छ । मेगामिलियनको एक डलर र मेगा प्लेसहितलाई अर्को थप एक डलर चुकाउनुपर्छ ।
लस एन्जल्सको एक दोकानका कामदार २६ वर्षीय डोनी इलियासले आफ्नो दोकनबाट शुक्रबार रातिमात्रै ३ सय ग्राहकले टिकट किनेको अमेरिकी सञ्चारमाध्यमलाई बताए । इलियास स्वयम् पनि टिकट किन्ने पैसा जुटाउनैका लागि त्यहाँ काम गर्न आएका थिए ।
क्यालिफोर्नियमा एक दिनमा सामान्यतया १ मिलियनको पावर बल टिकट विक्री हुने गथ्र्यो । तर शनिबार बिहान मात्रै एक घन्टामा २.८ मिलियनको टिकट विक्री भएको क्यालिफोर्नियाका लोटरी प्रवक्ता माइक बोन्डले बताए ।
बफेलो विश्वविद्यालयका प्रोफेसर जेफरी माइकज्नीक्वोस्की पावर बल जित्नु भन्दा २५ गुणा बढी अमेरिकी राष्ट्रपति बन्ने सम्भावना हुने बताउँछन् । उनको भनाइले नै यो ज्याकपट जित्नु कति कठिन छ भन्ने बुझाउँछ ।
यसअघि सन् २०१२ मा गरिएको पावर बल लोटरीको अधिकतम पुरस्कार राशि ६.५५ मिलियन डलर पुगेको थियो । यस पटक १.५ बिलियन डलर पुग्ने करिब पक्का भइसकेको छ ।
शनिबार ९४ करोड डलरको लागि ‘पावरबलु खुल्दा १६–१९–३२–३४–५७ (पावरबल नम्बर १३०) भएका क्रेताले जितेका थिए। तर उनले (ज्याकपट) ठूलो रकम पार्न नसकेका कारण चिठ्ठाको पुरस्कार रकम फेरि बढेको हो। चिठ्ठाको ५ अंक मिलाएका कारण टेक्सस र कनेक्टिकटका दुईजनाले २० लाख डलर जितेका छन्।
सर्वाधिक धनराशीको ‘पावरबल’ चिठ्ठा शनिबार राति खुल्दा कसैलाई पनि ‘ज्याकपट' नपरेपछि यसको पुरस्कार रकम फेरि बढेको छ। आउँदो बुधबारसम्म यो पुरस्कार राशि बढेर एक खर्ब ५० अर्ब रूपैयाँ नाघ्ने करिब पक्का भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
तपाईंको बिचार