पहिलो पटक छुवाछुत सम्बन्धि मुद्दा दर्ता

प्रकाशित मिति: 2016-01-12
बसन्त बाघचन, रेडियो सौर्यदय, मुगु

मुगु २८ पुस । मुगु जिल्लाकै ईतिहासमै पहिलो पटक जातिय छुवाछुत सम्बन्धि मुद्दा दर्ता भएको छ । मुगु जिल्लाको दक्षिणि भाग सोरु भेगको फोतु गा.वि.स वडा नं. ५ फोतु गाउका सोवि नेपालीलाई जातिय विभेद गरिएको भन्ने सम्बन्धि मुद्दा दर्ता भएको हो ।

 फोतु गाउ वडा नं. ५ निवासी विर्ष बहादुर शाही, मंगल शाही, गगन शाही, हस्त बहादुर शाही, रुपबहादुर शाही, रामबहादुर शाही र नरेन्द्रशाहीले कानुन विपरितका शब्दहरु बोलेर होच्याउने कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय मुगुमा मुद्दा दर्ता भएको हो ।

दर्ता नं. १८ मा मुद्दा दर्ता भएकोजिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुद्दामा उल्लेख गरिएको प्रतिबादीहरु हाल फरार भएको र नेपालको कानुन बमोजिम अबको नब्बे दिन भित्र जिल्ला प्रहरी कार्यालय मुगुमा उपस्थित हुने गरी अनुसन्धान गरिने प्रहरी कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएलगत्तै खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ ।

तपाईंको बिचार