पुस २२
काठमान्डौं
११ महिना अघि रोजगारीका लागि साउदीको दमाम पुगेका चार नेपाली युवा अलपत्र परेका छन् । कम्पनीले सयममा तलब नदिएपछि घर फर्कन खोज्दा कुनै कागजात नभएकाले उनिहरु अलपत्र परेका हुन ।
साउदीको दमाम स्थित पनल कम्पनीमा कार्यरत सिलगढी–१३, डोटीका योगेश विष्ट, भरुल–२, सुनसरीका शिब बहादुर बस्नेत, महोत्तरी–९ धनुषाका राम भजन मण्डल, र गाटीसटिघार–८ रुपन्देहीका राम दियाली प्यासी अलपत्र परेका हुन ।
कम्पनीले चार महिना यताको तलव नदिएको र नेपाल फर्कन कुनैपनि कागजात आफुहरुसँग नभएको योगेश विष्टले टेलिफोन मार्फत सिआईएनलाई जानकारी गराउनुभयो । सृष्टी मेनपावर काठमान्डु मार्फत साउदी पुगेका उनिहरुलाई शुरु देखि नै कम्पनी समयमा तलव दिएको थिएन । मेनपावरको पहलमा यसअघि कम्पनीले तीन महिनामा बिना कारण एक महिनाको कटाएर दुई महिनाको तलव दिएको भएपनि पछिल्लो समय कम्पनीले मेनपावरको कुरै सुन्न छोडेको विष्टले बताउनुभयो ।
आफुहरुले साउदी स्थित नेपाली दुताबासमा पटक पटक जानकारी गराउँदा पनि दुताबासबाट कुनै पहल नभएको अलपत्र परेकाहरुको भनाई छ । “साथीभाई सँग चन्दा उठाएर खाईरहेका छौं हामी तत्काल नेपाल फर्कन चाहन्छौं, तर दुताबासले हाम्रो कुरै सुन्दैन” फोन मार्फत जानकारी गराउँदै योगेश विष्टले भन्नुभयो, हामीलाई तत्काल उद्धार गरियोस् । कम्पनी मालिकले दिन दिनै यातना दिने गरेको उहाँले बताउनुभयो ।
तपाईंको बिचार