बाबु बेपत्ता भएकी शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ८ की दावा साङमो बैजीले आमा सम्जोकफुटीको नामबाट नागरिकता लिन लागगेको तर अन्तिम समयमा केही कागजी प्रक्रिया नपुगेको भन्दै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले हस्ताक्षर नगरिदिनु भएको बैंजीले आँशु झार्दै भन्नुभयो ।
पुरा समाचारदोलखाको गौरीशंकर गाउँपालिकाका अगुवाहरुले आफ्नो गाउँपालिकालाई मुलुककै सबैभन्दा उत्कृष्ट, सम्वृद्ध र नमुना गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्रोत साधनले निकै धनी दोलखाको उत्तरी क्षेत्रमा रहेको गौरीशंकर गाउँपालिकालाई ७ सय ४४ स्थानीय तह मध्ये सबैभन्दा उत्कृष्ट बनाउने अठोट उनीहरुको छ ।
पुरा समाचारसामुदायिक रेडियो प्रसारक संघ अकोराबले प्रदेश नम्बर ६ को भेला आज सुर्खेतको वीरेन्द्रनगरमा गरिरहेको छ ।
पुरा समाचारसप्तरी घटनाको विरोध र संविधान संसोधन गर्न माग गर्दै मधेसी मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कम हुँदै गएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्ने क्रम बढ्दै गएको छ ।
पुरा समाचारनेपाल पत्रकार महासंघ अन्तर्गत सीआईएन प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन भएको छ । बिहिबार भएको शाखाको साधारणसभाले लक्ष्मी बस्नेतको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले केन्द्रीय र प्रदेश पार्षद (सभासद्) पनि चयन गरेको छ ।
पुरा समाचारअन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) कै अवसरमा अधिकारकर्मी एवं राष्ट्रसंघको सिड कमिटीका सदस्य बन्दना राणा (कुवँर) ले सामाजिक संजाल (फेसबुक) मा आफ्नो नामको पछाडि आमाको थर राख्ने अभियान शुरु गरिएको घोषणा गर्नुभएको छ ।
पुरा समाचारविश्वव्यापी रुपमा मनाइने यो दिवस को नारा यस पटकको १०७औं ‘बदलिंदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्म बराबरी पाईला’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ भने महिला तथा बालबालिका मन्त्रालयले ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने नारासहित दिवस मनाउने तयारी गरेको छ ।
पुरा समाचारविश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा कुल जनसंख्याको करिब ३६ करोड ( अर्थात ५.३ प्रतिशत ) जनसंख्यामा अपाङ्गता गराउने बहिरोपन भएको देखिएको छ । हाल करिब ४७ लाख नेपालीमा यो समस्या रहेको अनुमान गरिएको छ ।
पुरा समाचारकाठमान्डुको वातारणमा फैलिएको धुलो र धुँवाबाट मास्क लगाएर समेत बँच्न सक्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् । प्रदुषित वातावरणकै कारण आउँदो दश वर्षमा झण्डै पाँच प्रतिशत राजधानीबासीलाई क्यान्सरको जोखिम हुनसक्ने अनुमान समेत चिकित्सकहरुले गरेका छन् ।
पुरा समाचारछाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरुले साझा अभियान सुरु गरेका छन् । सरकारले पनि केही महिना भित्र महिनावारी सरसफाइ व्यवस्थापन सम्बन्धी छुट्टै नीति ल्याउन लागेकाले त्यसका लागि पनि जिल्लाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता रेडियोहरुले गरेका छन्
पुरा समाचार© 2015 Community Information Network | All Rights Reserved.