पशु चौपायका लागि बनाईएका गोठ जस्ता देखिने घरहरु सुदुर पश्चिमका पहाडी जिल्लामा प्रशस्तै देखिन्छन् । ति छाउघर हुन् । छाउपडी अर्थात महिलाहरु महिवारी भएका बेला बस्न बनाईएका घर ।
पुरा समाचारधादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा हिजो राती एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभञ्ज्याङमा बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापातालेसमेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
पुरा समाचारसुरक्षित यात्रा हरेकको अधिकारको विषय हो । तर सरकारी स्तरमै काम कस्ले गर्ने भन्ने अन्यौलता देखिन्छ । यसले एकातिर काम अगाडि बढ्न सकेको छैन भने अर्कातिर आम यात्रुहरु माथि असुरक्षा बढाईरहेको छ ।
पुरा समाचारवैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने भएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न गराउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।
पुरा समाचारआज वैशाख शुक्ल पूर्णिमा, २५६१ औँ बुद्ध जयन्ती । गौतमबुद्धप्रति आस्था राख्दै मनाउने गरिएको छ । आजै किरात समुदायले पनि उभौली पर्व मनाउँदैछन् ।
पुरा समाचारमकवानपुरको थाहानगरमा वडाध्यक्ष उमेद्वारको गाडीमा आगो लगाइएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको तर्फबाट थाहा नगरपालिका ४ नम्बर वडा अध्यक्षका उम्मेदवार विनय गोलेको गाडी अज्ञात समूहले जलाएको हो ।
पुरा समाचारदोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १, जुँगुमा नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु भएको छ ।
पुरा समाचारविश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी नेपाल पत्रकार महासङ्घको आयोजनामा देशभर मनाईंदैछ । दिवसको अवसरमा बिहान राजधानीमा महासंघको नेतृत्वमा प्रभातफेरि भएको छ ।
पुरा समाचारकाठमान्डु । आज माता तिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । सबैले मिठा मिठा परिकार र नयाँ कपडा दिएर आमाको मुख हेर्दै आर्शिवाद लिए । तर पशुपति वृद्धाश्रमका आमाहरुलाई छोरा छोरीको न्यास्रो मात्रै लागेन, आजको दिन खल्लो पनि लाग्यो ।
पुरा समाचारकाठमान्डु । २०६२⁄०६३ को जनआन्दोलन भएको ११ वर्ष पुग्यो । जनआन्दोलनको बलमा आएको गणतन्त्र संस्थागत हुने चरणमा छ । आन्दोलन सफल पार्न २५ जना सहिद भए, कयौं घाईते भए । हजारौंले सडकमा उभिएर चर्का नारा लगाए । त्यहि भीडमा उभिएर सारङ्गी रेट्दै आन्दोलनका गीत गाएर लोकप्रिय बन्नुभयो रुविन गन्धर्व । ब्यवस्था र अबस्था फेरियो तर सारङ्गीको कथा अझै फरिएको छैन ।
पुरा समाचार