दोलखामा एमाले कार्यकर्ताको मृत्यु

प्रकाशित मिति: 2017-05-10
ताराबहादुर महत, रेडियो शैलुङ्ग, दोलखा

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १, जुँगुमा नेकपा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप  हुँदा एमाले कार्यकर्ताको मृत्यु भएको छ । 

तर एमालेले भने झडप नभई बास बस्नका लागि होटलमा बसेर खाना खानै लाग्दा एक्कासी आक्रमण भएको बताएको छ । 

घटनामा वडा नम्बर १ जुँगुका ३३ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो । तामाङ एमालेको तर्फबाट गौरीशकर गाउँपालिका वडा नं १ का वडा सदस्यका उम्मेद्वार गोरेबहादुर तामाङका छोरा हुन् । 

पुर्व राज्यमन्त्रीसमेत रहनु भएकी नेकपा माओवादी केन्द्रकी नेतृ देवी खड्काको नेतृत्वमा आक्रमणको भएको एमालेले दाबी गरेको छ । 

हिजो बेलुका ८ बजेतिर जुँगुको रेशमडाँडास्थित एक होटलमा बसेको अवस्थामा एमाले कार्यकर्तामाथि ढुङ्गामुढाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

घटनाका आरोपी देवी खड्काले भने आफुमाथि आक्रमण भएपछि प्रतिकार गर्दा त्यो घटना भएको प्रतिक्रिया दिनुभएको छ ।

आक्रमणमा परी स्थानीय दिल बहादुर वुढाथोकी गम्भीर घाइते हुनुभएको छ । घाइतेलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । 

 

तपाईंको बिचार