आमाको नामबाट नागरिकता दिन अन्तिम समयमा रोक

सिडिओलो हस्ताक्षर नगरिदिएको पीडितको गुनासो

प्रकाशित मिति: 2017-03-21
टेक शाही, रेडियो डोल्पा एफएम

जिल्ला प्रशासन कार्यालय डोल्पाले अन्तिम समयमा आएर आमाको नामबाट नागरिकता प्रदान गर्न रोकेको छ ।

बाबु बेपत्ता भएकी शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ८ की दावा साङमो बैजीले आमा सम्जोकफुटीको नामबाट नागरिकता लिन लागगेको तर अन्तिम समयमा केही कागजी प्रक्रिया नपुगेको भन्दै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले हस्ताक्षर नगरिदिनु भएको बैंजीले आँशु झार्दै भन्नुभयो । 

डोल्पा जिल्ला प्रशासनले दावा साङमो बैजिको बुवाको नाम नखुलेपछि वडा कार्यालय र प्रहरीको मुचुल्का उठाएर सम्बन्धित गाउँपालिकाको सिफारिसका आधारमा ५७–०१–७३–००८१८ नम्बर भएको नागरिकताको प्रमाणपत्र तयार गरेको थियो । 

यो नागरिकता दावाले प्राप्त गरे डोल्पाबाट आमाको नामबाट नागरिकता पाउने पहिलो व्यक्ति हुनुहुन्छ ।

जिल्लाबाट यसअघि आमाको नामबाट कसैलाई पनि नागरिकता जारी नगरेको कार्यालयले जनाएको छ ।

 

तपाईंको बिचार