१०७औं अन्तर्राष्ट्रिय महिला दिवस

‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’

प्रकाशित मिति: 2017-03-05

प्रत्येक वर्ष मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस यो वर्ष महिलाको आर्थिक सशक्तिकरणसँग जोडेर मनाउन लागिएको छ । 

विश्वव्यापी रुपमा मनाइने यो दिवस को नारा यस पटकको १०७औं ‘बदलिंदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्म बराबरी पाईला’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ भने महिला तथा बालबालिका मन्त्रालयले ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने नारासहित दिवस मनाउने तयारी गरेको छ । 

आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर दिवसकै अवसर पारेर मार्च ७ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमको शुभारम्भ गर्ने जानकारी मन्त्री खड्काले जानकारी दिनुभयो । 

दिवसकै दिन मार्च ८ गते बिहान भृकुटीमण्डपबाट प्रभातफेरि हुनेछ भने बिहान साढे १० बजे राष्ट्रिय सभागृहमा मूल समारोह समितिको विशेष कार्यक्रम हुनेछ ।

यो पटकको प्रभातफेरिमा विभिन्न पेशा र व्यवसायका महिलाहरु पेशागत पोशाकमा सहभागी हुने भएका छन् । ‘जुनसुकै पेशा व्यवसायमा महिला छन् र महिलाले जे पनि गर्न सक्छन्’ भन्ने सन्देश दिनका लागि यो पटकको ¥याली अलि फरक रुपले गर्न लागिएको मन्त्री खड्काले बताउनुभयो । 

 

तपाईंको बिचार