पत्रकार महासंघ, सीआईएन शाखामा नयाँ कार्यसमिति चयन

प्रकाशित मिति: 2017-03-10

नेपाल पत्रकार महासंघ अन्तर्गत सीआईएन प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन भएको छ । 

बिहिबार भएको शाखाको साधारणसभाले लक्ष्मी बस्नेतको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा उषा केसी, महिला उपाध्यक्ष गंगा तिमिल्सिना, सचिवमा राजन रुचाल, सहसचिवमा सुनिल राजभारत आउनु भएको छ ।

त्यस्तै कोषाध्यक्षमा संगीता रसाइली सर्वसम्मत हुनुभएको छ भने सदस्यहरुमा बाबुराम खड्का, ज्योति श्रेष्ठ, सूजना ढकाल, पवन शाही सदस्य हुनुहुन्छ । 

साधारणसभाले सीआईएन शाखाबाट गोविन्द खड्का र लिलप्रकाश चन्दलाई केन्द्रीय पार्षद (सभासद्) चयन गरेको छ भने प्रदेश पार्षदमा दीपक आचार्य र गीता चिमोरिया चयन हुनुभएको छ । 

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखा संयोजक सुरज आचार्य र केन्द्रीय सदस्य रोशन पुरीको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो ।

 

तपाईंको बिचार