४७ लाख नेपालीमा बहिरोपनाको समस्या

आज विश्वभर श्रवण दिवस

प्रकाशित मिति: 2017-03-03

काठमाण्डु । आज विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर नै श्रवण दिवस मनाइँदैछ । ‘ध्वनी प्रदुषणलाई रोकौ बहिरोपनाबाट बर्चौ र बचाऊ’ भन्ने नरासहित दिवस मनाउन लागिएको हो । विश्वमा ब्याप्त बहिरोपनको विकराल रुप देखेर सन् २००७ मा बेईजिङ्गमा भएको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले बहिरो पना रोकथाम तथा पुनःस्र्थापनाका लागि विश्वब्यापी रुपमा प्रत्येक वर्ष मार्च ३ का दिनलाई  दिवसका दिन मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा बिहान काठमाण्डुमा प्रभावफेरि निकालीदैछ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा कुल जनसंख्याको करिब ३६ करोड ( अर्थात ५.३ प्रतिशत ) जनसंख्यामा अपाङ्गता गराउने बहिरोपन भएको देखिएको छ । करिब ३ करोड वालवालीका बहिरोपनका कारण अपाङ्ग भएका छन भने त्यसमा पनि करिब ७५ लाख बालवालिकाहरु त पाँच बर्ष मुनिका नै छन । ६५ बर्ष भन्दा माथिका उमेर समुहका एक तिहाई जनसंख्यामा बहिरोपनको समस्या देखिएको छ ।

नेपालमा सन १९९९ को तथ्याङ्क अनुसार करिब २७ लाख जनसंख्यामा बहिरोपनको समस्या रहेकोमा हाल करिब ४७ लाख नेपालीमा यो समस्या रहेको अनुमान गरिएको छ । 

तपाईंको बिचार