फेसबुकमा आमाको थर राख्ने अभियान शुभारम्भ

मार्च महिनाभरि आमाको थर फेसबुकको प्रोफाइलमा

प्रकाशित मिति: 2017-03-08

अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) कै अवसरमा अधिकारकर्मी एवं राष्ट्रसंघको सिड कमिटीका सदस्य बन्दना राणा (कुवँर) ले सामाजिक संजाल (फेसबुक) मा आफ्नो नामको पछाडि आमाको थर राख्ने अभियान शुरु गरिएको घोषणा गर्नुभएको छ । 

मेरो आमा, मेरो पहिचान (My Mother, My Identity) भनेर मार्च महिनाभरि आमाको थर फेसबुकको प्रोफाइलमा राखिदिए आमाप्रति केही हदसम्म सम्मान हुने उहाँले बताउनुभयो ।

यो अभियान जिल्ला जिल्लाबाट शुरु भइसकेको र राजधानीमा भने आज औपचारिक  घोषणा गरिएको हो । 

आमाको अस्तित्व दिने अभियानको रुपमा यसलाई शुरु गरिएको बताउँदै अभियानलाई साथ आग्रह गरिएको छ । 

 

तपाईंको बिचार