कसैको घरमा पाहुना लाग्न जाँदा होस या काम विशेषले आउदा जाँदा, पहिले पहिले माटाका भाडाहरु घर घरमा सजाएर राखिएको देखिन्थे, भेटिन्थे । तर आधुनिक प्रविधिको विकाससँगै माटोको भाँडाहरु विस्थापित हुने क्रम बढेको छ भने विभिन्न कलाकृति बनाउने शीप भएकाहरु परम्परागत पेशाबाट विस्थापित हुन थालेका छन् ।
पुरा समाचारसामुदायिक सुचना नेटवर्कका समाचार प्रमुख गोविन्द खड्काका स्वर्गिय आमा विष्णा देवी खड्काको नाममा विष्णादेवी जेहेन्दार अक्षयकोषको स्थापना भएको छ । खड्काका आमा विष्णा देवीको ४५ दिनको पुण्य तिथिको अवसरमा आज अछाममा १ लाखको जेहेन्दार अक्षयकोषको स्थापना भएको हो ।
पुरा समाचारसिन्धुलीको शीतलपाटी गाविसमा पर्ने त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । झण्डै २० देखि ३० फिट सडक भासिएको र तल सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन समस्या हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रसाद बरालले जानकारी दिनुभयो ।
पुरा समाचारसरकारले महिनावारी सुरक्षित व्यवस्थापनका लागि राष्ट्रिय नीति बनाउने भएको छ । त्यसका लागि विभिन्न क्षेत्रीय तथा राष्ट्रिय परामर्श गोष्ठीहरु भइसकेका छन् ।
पुरा समाचारबाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आजदेखि लागु हुन लागेको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आजदेखि यो सेवा निःशुल्क पाईने गरी तयारी पुरा भईसकेको मन्त्रालयले जनाएको छ ।
पुरा समाचारसौराहा । चितवनको पर्यटकिय नगरि । जहाँ भुकम्प र नाकाबन्दी अघि दैनिक हजारौ पर्यटक पुग्थे, होटलहरु खचाखच हुन्थे । सौराहाका पर्यटक प्रर्दशक तथा व्यवसायि डोमा पौडेल पनि सडककै कारण पर्यटक भने जति आउन नसकेको बताउनु हुन्छ । भूकम्प अघि सौराहामा पर्यटक धेरै हुन्थे, तर भूकम्प त्यसपछि नाकाबन्दी र अहिले बिग्रिएको मुग्लिन, नारायणघाट सडकखण्डको कारण पर्यटक कम भएका छन्, डोमाले भन्नुभयो ।
पुरा समाचारभारतमा एक अभियुक्तले पाँचसय बालिकालाई बलात्कार गरेको डरलाग्दो सामाजिक अपराधको घटना सार्बजनिक भएको छ । प्रहरीले हालै शृंखलावद्ध बलात्कारमा संलग्न रहेको अरोपमा ३८ वर्षीय सुनिल रस्तोगीलाई पक्राउ गरेपछि यस्तो डरलाग्दो घटना सार्वजनिक भएको हो ।
पुरा समाचारचितवनको भरतपुरस्थित नारायणी एफएम १०५.२ मेगाहर्जमा गएराती आगलागी भएको छ । रेडियोको प्रसारण बन्द भएको छ ।
पुरा समाचारराष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको आज बिहे हुँदैछ । शितल निवासमै हुने बिहे महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा अभिशेक यादवसँग हुन लागेको हो । अभिशेष पूर्व राष्ट्रपति डा रामवरण यादवका नाति (भतिजी किरण यादवका छोरा) हुन् ।
पुरा समाचारश्रीमानबाट यातनाबाट पीडित डोल्पा काइगाउँकी बिसा कुमारी विकले न्याय पाउनु हुनेछ । श्रीमानले मरनासन्न हुन गरी कुटपिट गरेपछि ६ दिन जंगलको बाटो हिंडेर सदरमुकाम आइपुग्नु भएकी उहाँले वैवाहिक करणीमा मुद्दा दायर गर्नुभएको थियो ।
पुरा समाचार