फलोअप: बिषा कुमारीले न्याय पाउने

श्रीमान थुनामा

प्रकाशित मिति: 2017-01-09
टेक शाही, रेडियो डोल्पा एफएम, डोल्पा

श्रीमानबाट यातनाबाट पीडित डोल्पा काइगाउँकी बिसा कुमारी विकले न्याय पाउनु हुनेछ ।

श्रीमानले मरनासन्न हुन गरी कुटपिट गरेपछि ६ दिन जंगलको बाटो हिंडेर सदरमुकाम आइपुग्नु भएकी उहाँले वैवाहिक करणीमा मुद्दा दायर गर्नुभएको थियो । 

२ बर्षको छोरा च्यापेर घाइते शरिर लिएर २८ कोष टाढा काइगाँउ गाविसबाट सदरमुकाम दुनै पुगेपछि उहाँलाई महिला तथा बालबालिका कार्यालय डोल्पाले कानुनी सहायता गरिरहेको छ । 
वैबाहिक जवरजस्ती करणीमा हालिएको मुद्दा डोल्पा जिल्लामा पहिलो भएको र संभवना नेपालमा चौथो घटना रहेको महिला तथा बालबालिका कार्यालय डोल्पाको भनाइ छ ।

बिसाकुमारीले जिल्ला अदालतमा वैवाहिक करणिको मुद्धा दर्ता गराएपछि बिसाका श्रीमान गणेश बिकलाई पक्राउ गरि प्रहरीले हिरासतमा राखेको छ । गणेशमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

तपाईंको बिचार